८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

ऊर्जामन्त्री भुसालद्वारा सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छिन्। मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन्।

गत मंसीर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफूलागि परेको बताइन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गरिन्।

उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन्। उद्योगीहरुले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको वस्तुहरुको उत्पादन र विक्रीवितरणमा ध्यान दिनुपर्ने उनको भनाई थियो। मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

प्रकाशित: ४ चैत्र २०७८ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App