८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले युवा संघभित्र प्रतिनिधि छनौटमा विवाद

एमालेले दशौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न निर्देशन दिएको भए पनि युवा संघमा विवाद भएको छ।

सर्वसम्मतिको नाममा कमिटीको बैठक नै नराखी प्रतिनिधि छनौट भएको भन्दै केन्द्रीय कार्यालयमा प्रतिनिधिको विवरण पठाएपछि विवाद भएको हो।

पदाधिकारी र स्थायी कमिटी वा केन्द्रीय बैठक नै नराखी संघ अध्यक्षले एकलौटी रूपमा मनोमानी गर्दै प्रतिनिधि छनौट गरेर प्रतिनिधि पठाएपछि विवाद शुरू भएको हो। संघ अध्यक्ष पौडेलले बुझाएको सूची अस्वीकार गर्न आग्रह गर्दै उपाध्यक्ष रोशन बस्नेत,उर्मिला सुनुवार,रमेश तिवारी,कृष्णहरि केसी लगायतका पदाधिकारीको पार्टीको संगठन विभागमा उजुरी दिने तयारी गरेका छन्।

‘कमिटीको बैठक नराखी प्रतिनिधि छनौटको विवरण बुझाइएको रहेछ म संघको उपाध्यक्ष हुँ।मलाई बैठक बसेको जानकारी छैन,पदाधिकारी कसैलाई पनि जानकारी छैन बैठक बसेको निर्णय गरेको मान्यूट छैन कसरी प्रतिनिधि बनाएर पार्टीलाई बुझाइयो।’,उपाध्यक्ष रोशन बस्नेतले भने ‘केही व्यक्ति बसेर प्रतिनिधि छनौट भयो भन्नुभएछ त्यो त कमिटीलाई थाह हुने विषय भएन।’

एमालेको युवा संघ कुनै एक व्यक्तिको लहडमा चलेको भन्दै उनीहरूले प्रतिननिधि छनौटमा बैठक नराखेपछि ‘प्राइभेट कम्पनी’ बनाउन खोजेको आरोप लगाएका छन्। युवा संघलाई परिचालन गर्दै आएका महेश बस्नेतले आफू सचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् तर युवा संघले नै छनौट गरेको प्रतिनिधिमा विवाद आएपछि उनलाई समेत अप्ठेरो परेको छ। ‘हामी कसको निर्देशनमा केके भयो भनेर आरोप लगाउन चाहँदैनौ तर पार्टीको विधानअनुसार प्रतिनिधि छनौट हुनुपर्छ कमिटीको बैठक बस्नुपर्छ हामी नै जानुपर्छ भन्ने छैन बैठकले निर्णय गरेर पठाउनुपर्छ’,उपाध्यक्ष बस्नेतले भने।

विगतदेखि नै ओली समूहको पकड रहेको युवा संघभित्र बस्नेत लगायतका युवा नेताहरू अहिले छनौट भएका प्रतिनिधिभन्दा सिनियर हुन्। बैठक राख्दा सिनियर नेताहरूलाई पठाउनुपर्ने भएकाले पनि संघ अध्यक्ष पौडेलले खुसुक्क प्रतिनीधि छनौट गरेको जानकारी पार्टी दिएको स्रोतको दावी छ।

प्रकाशित: ७ मंसिर २०७८ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App