नेकपा एमालेले विपक्षी गठबन्धनमा लागेका १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने विपक्षी गठबन्धनमा लागेका १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो। सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका १२ जना सदस्यहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
स्पष्टिकरण सोधिनेहरूमा घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जना रहेका छन्।
यस्तै, सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रकाशित: १० जेष्ठ २०७८ १४:०४ सोमबार