coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेको बताएका छन्। शुक्रबार वागमती प्रदेश कराँते च्याम्पियनसिप–२०२१ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारको नेतृत्व गर्नेहरुबाटै देशलाई बन्धकी राखेको र संविधान उल्ट्याउन खोजेको बताएका हुन्।

उनले भने, ‘अहिले पनि केही मुठीभरका मान्छेहरुले संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केही सीमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउने लागीपरेका छन्।’

आम नेपाली जनताले स्वीकार गरेको यो परिवर्तनलाई उल्ट्याउन खोज्ने कुरालाई जनताले मान्न तयार नभएको उनले बताए। 'अलोकतान्त्रिक, असंवैधानिक र तानाशाही कदममा गएपछि अन्ततः अदातलतको निर्णयले उनीहरु पराश्त त भए, तर पनि उनीहरु अझैं पूरै पराश्त भइसकेका छैनन्,' उनले अगाडी भने, 'सचेत र स्वस्थ नेपाली जनतालाई यो स्वीकार्य छैन। यसको विरोधमा सबै सचेत नागरिक उभिनुहुनेछ।'

प्रकाशित: ३ वैशाख २०७८ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App