१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन’

नेकपा एमालेका नेता महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक विकल्प रोज्न सुझाएका छन्। उनले माधवपक्षीय नेताहरूको पछिल्ला गतिविधि पार्टी एकताको पक्षमा नरहेको समेत दाबी गरे। 

आफूपक्षीय युवा संघको जिल्ला समिति घोषणा तथा शफथ कार्यक्रमका लागि ताप्लेजुङ आइपुगेका नेता बस्नेतले पार्टी हितविपरीत काम गरेकै आधारमा पार्टीले नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको र त्यसको चित्तबुझ्दो जवाफ नआएपछि पार्टी विधानअनुसार केही अवधिका लागि निलम्बन गरिएको बताए।

पार्टी हितविपरीत गए पार्टीले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने जस्ता विषय लोकतान्त्रिक चरित्रका आधार भएकाले यसमा कसैले चित्त दुखाउन नहुने उनको जोड थियो। एमाले नेता तथा सांसद योगेशकुमार भट्टराईलाई राजनीतिक भविष्य बोकेको नेताको रूपमा चित्रित गर्दै नेता बस्नेतले उहाँ जस्तो नेता पार्टी बिभाजनतर्फ केन्द्रित हुन नहुनेमा जोड दिए।

 पार्टीको नीति, नेतृत्व, विधान र पद्धतिलाई आत्मसथा गरेर अघि बढ्ने हो भने नेता भट्टराईको राजनीतिक भविष्य उज्वल रहेको नेता बस्नेतको भनाइ थियो। भट्टराई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका हुन्। नेता भट्टराईप्रति संकेत गर्दै नेता बस्नतेलले भने, 'उहाँको राजनीतिक स्टेपमा जुन गति हुनुपथ्र्यो, २०५४ सालको पार्टी विभाजनले उहाँलाइ धिमा बनाएकै हो, अब पनि विभाजनतर्फ उन्मुख भए उहाँका लागि पतनको बाटो हुनेछ।’ तर बस्नेतले भट्टराई केही समयभित्रै पार्टी विधि, प्रक्रिया, पद्धति र नेतृत्वको पक्षमा आउने विश्वास लिए। ९५ प्रतिशत नेता कार्यकर्ता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेकोले पार्टी विभाजनतर्फ केन्द्रित भए माधव कमरेडको पक्षमा कति हुनुहोला, हामी सबैलाई थाहा भएकै छ' नेता बस्नेतले भने। 

प्रकाशित: २२ चैत्र २०७७ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App