प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ। यो समूहको विरोध सभा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको हो।
राजनीति
संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको विरोध सभा (तस्बिरसहित)
विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो। विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ।
यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो।
सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने छन्। प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ। आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन्। यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो।