विवेकशील पार्टीले संसद् विघटनविरूद्ध ऐना प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा विवेकशीलले ऐना प्रदर्शन गरेको हो। सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै विवेकशीलले सांकेतिक रूपमा सरकारलाई ऐना देखाएको हो।
ऐनासहित विवेकशील पार्टीका कार्यकर्ताले विभिन्न नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए। उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू, ‘कू’ मतिमा नलाग्नुहोस्’, ‘मनन् गरौं, हाम्रो अवस्था, हाम्रो लक्ष, हाम्रो आवश्यकता’ लगायतका नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।
प्रकाशित: २४ पुस २०७७ ०६:२४ शुक्रबार