नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भन्दै आएको छ। पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने बताइएको छ।
कांग्रेसले संसद विघटनको विरोधमा देशका १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।
प्रकाशित: १९ पुस २०७७ ०५:०२ आइतबार