८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

विवेकशीलमा एकीकरणका निम्ति मतसंग्रह

साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा विवेकशील नेपाली दलले  मतसंग्रह गरेको छ। केही समयदेखि दुई पार्टीबीच एकताको प्रयास भइरहेको बेला दलले मतसंग्रह गरेको हो।

विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो।  

यही कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेका थिए। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो।  

मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ।  

शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्दै छ।  

 

 

प्रकाशित: २८ कार्तिक २०७७ ०८:१७ शुक्रबार

विवेकशील नेपाली दल