९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपाभित्र देखिएको विवाद समाधानका लागि गोकुल बास्कोटाले दिए यस्तो ‘आइडिया’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि यसका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले सचिवालय पुनर्गठन गर्न सल्लाह दिएका छन्।  

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने पूर्वमन्त्री बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत ‘कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल खत्तम’ पार्ने ‘आइडिया’ दिएका हुन्।

यो पनि पढ्नुहोस्

सरकार पार्टीले चलाउने कि प्रधानमन्त्रीले

‘‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं,’ बास्कोटाले टि्वटरमा लेखेका छन्, ‘कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल खत्तम।’ 

प्रकाशित: २३ कार्तिक २०७७ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App