नवनियुक्त राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीक कुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: १७ कार्तिक २०७७ ०५:४८ सोमबार