८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी एकता जोगाउन महासचिव पौडेलको अपिल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एकता जोगाउन नेता कार्यकर्तालाई अपिल गरेका छन्। नेकपाको नेतृत्व तहमा गम्भीर संकट स्टाटस लेख्दै यस्तो अपिल गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण उत्पन्न भएको संकेत समेत गरेका छन्।  उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत औँल्याएका छन्।

‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो। तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ’, उनले भनेका छन्  ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन। तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु।’

प्रकाशित: १६ कार्तिक २०७७ ११:१३ आइतबार

पार्टी एकता