८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

'सरकार आफै संघियता कमजोर बनाउन लाग्यो'

रामेछाप – नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले सरकार आफैँ संघियता कमजोर बनाउने खेलमा लागेको बताए ।

शनिवार रामेछापबाट प्रशारण भइरहेको रेडियो तामाकोशीको दोस्रो साधारण सभा तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका नेता निधीले समृद्ध मुलुकको नारा दिदै भ्रम छरेर संघियतालाई अपांग, अधुरो र कमजोर बनाउने अनेकन प्रपन्चमा सरकार रहेको आरोप लगाएका छन।

सरकारले यतिबेला संघियता र बहुलबादलाई स्वीकार गर्न नसकी एकदलिय अधिनायकबादमा उन्मुख भएको निधीले बताए । यतिबेला सरकारका मन्त्रीहरु कानुन बनेन र केही गर्न सकिएन भनेर पन्छिनु लज्जाको विषय बनेको उनको ठहर छ ।

शक्ति र तागत केन्द्रिय, संघिय र स्थानीय सरकारमा नगइ प्रधानमन्त्री कार्यालयमा ने रहनु मुलुककै लागि दुर्भाग्य रहेको बताउधै निधीले भने सरकार यतिबेला संविधा, संघियता, लोकतन्त्र र प्रेस स्वतन्त्रताको विपक्षमा छ ।

उनले सरकारका केही मन्त्रीहरुको आग्रह स्मरण गर्दै व्यग्य शैलीमा भने दुइ तिहाइको दम्भ भएर पनि सरकारकै प्रतिनिधिहरु धेरै कुराहरु गर्न कांग्रेससँगै हार गुहार गरिरहेका छन तसर्थ कांग्रेस विना मुलुक समृद्ध बन्न नसक्ने धारणा राखे ।

राजा र राणा समेत ढालेको कांग्रेसले बर्तमान सरकारलाई समेत खबरदारी गर्न सक्ने ताकत रहेको बताए । उनले जनता र मुलुकका लागि कांग्रेस अझै संघर्ष गर्न तयार रहेको बताए । पछिल्लो समय चुलिदै गएको सिमा विवादका विषयमा सरकारले उच्चस्तरीय कुटनीतिक पहल गर्नु पर्नेमा सरकार जिम्मेवार बन्न नसकेको आरोप समेत लगाए ।

जनताले चाहेको राजनैतिक अधिकार र विकासको अधिकार कांग्रेसकै योगदानको उपलब्धी रहेको बताउदै उनले पछिल्ला दिनहरुमा देखिएको सबैखाले विकास कांग्रेसकै नीतिको उपलब्धी रहेको बताए । काग्रेसको पछिल्लो अवस्था बारे बोल्दै निधीले भने कांग्रेसको हार विग्रनका लागि नभइ सुधारका लागि हो ।

जनताले अहिले त्यही चाहेका छन कि कांग्रेस सुधार हुनु पर्छ , हार भनेको कांग्रेस सुधारका लागि जनताले गरेको मतदान हो । यसबाट कांग्रेस पाठ सिकेर अगाडि बढने छ ।

 

प्रकाशित: ३० कार्तिक २०७६ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App