११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्मला हत्यामा सरकारको संलग्नता छ : डा. संग्रौला

फाइल तस्बिर

रुपन्देही - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा सरकारकाे संलग्नता रहेको बताएकी छन्। साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको उनले राजीनामा समेत माग गरिन्।

शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताइन्। उनले असोज ११ गते इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन्। निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म न्याय सम्भव नभएको भन्दै उनले वर्तमान ओली सरकार बादशाह, महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको दाबी गरिन्।

सरकारले न्याय नदिदा निर्मलाका बुबाले मानसिक सन्तुलन गुमेकोमा चिन्ता व्यक्त गर्दै उनले दुइतिहाइको सरकारले ९ महिनामा के के गर्‍याे? भनेर प्रश्न गरिन्।

 

प्रकाशित: २१ मंसिर २०७५ १३:४६ शुक्रबार

नेपाली_कांग्रेस डा.डिला_संग्रौला