११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारका काममा सत्तारुढ दलकै नेतामा असन्तुष्टी : नेता सिंह

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन्। काठमाडौंमा अायाेजित एक कार्यक्रममा बाेल्दै नेता सिंहले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताए।

“सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ", नेता सिंहले भने,"काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ।” नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो। “प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी छ,” उनले भने। रासस

प्रकाशित: २१ मंसिर २०७५ ०७:५५ शुक्रबार

नेपाली_कांग्रेस प्रकाशमान_सिंह