काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ।
सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन्।
बजेटमा ११ वटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोडको बजेट छुट्याइएको छ। यस्तै ३० वटा स्वर्णिम योजनामन लागि पनि बजेट छुट्याइएको छ। पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ।
प्रकाशित: १० असार २०८१ १८:०० सोमबार