१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

योजना पार्दादेखि नै नेताहरूले कमिसन खाने गरेको आरोप छ: उपाध्यक्ष तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले राज्यसंचालन गर्ने महत्त्वपूर्ण निकायमा बसेका नेताहरूले योजना पारिदिएबापत नै कमिसन लिने गरेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री कार्यालयमा मुलुकको आर्थिक अवस्थाका विषयमा छलफल गर्न बोलाएको सर्वपक्ष बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राप्रपा उपाध्यक्ष तामाङले योजना पार्ने बेला देखि नै कमिसन र भ्रष्टाचार सुरु हुने गरेको गुनासो आएको बताएका हुन्।

‘हुन त यो पिपलपाते हल्ला हो तर प्रधानमन्त्रीज्यू चेक गर्नु होला योजना पर्दा पनि नेताहरूले कमिसन खाएको आरोपछ,’ बैठकमा तामाङले भनेका थिए,‘यदि त्यस्तो भएको छ भने हदैसम्मको सजाय हुनुपर्छ। प्रधानमन्त्रीले छानबिन गर्नुप¥यो।’

बागमती प्रदेशसहित केही प्रदेश सरकारमा योजना पार्न र पारिदिए बापत कमिसन लिने गरेको आरोप लाग्ने गरेको छ।

राप्रपा उपाध्यक्ष तामाङले स्थानीय तहमा उपभोक्ता समितिको नाममा आर्थिक अनियमितता बढेको भन्दै त्यसलाई रोकेर ठेक्का प्रक्रियालाई अघि बढाउनु पर्ने तर्क गरेका थिए। उनले ठूला परियोजना एउटै कम्पनीलाई ठेक्का दिँदा काममा ढिलाइ भइरहेको धारणा राख्दै छिटो परियोजना सम्पन्न गर्न त्यसलाई छुटाएर ठेक्का लगाउन सुझाएका थिए। 

कृषि, पर्यटन र जलविद्युत आयोजनामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राख्दै तराई मधेसका जनालाई सीमा पारी भारतबाट ५ हजारसम्मको सामान खरिदमा झन्झट नहुने व्यवस्था गर्न पनि आग्रह गरेका थिए।

प्रकाशित: ५ मंसिर २०८० १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App