९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

राजावादीहरुलाई वर्तमान व्यवस्थामाथि प्रश्न उठाउने अधिकार छैन: अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजावादीहरुलाई देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले राजावादीहरुतर्फ लक्षित गर्दै देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताएका हुन्।

उनले नेपाललाई फेरि अध्याँरो युगमा फर्काउने कुरा नसोच्न चेतावनी समेत दिए। कुनै वंशको शासनलाई अगाडी सारेर देशको समस्या समाधान हुने कुराको कल्पना गर्नु नहुने उनको भनाइ छ। उनले प्रधानमन्त्री र राज्य सञ्चालनको सम्बन्धमा पीडा भएको भए राजनीतिमा विकल्प दिन चुनौति समेत दिए।

उनले भने, ‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो? के यो देशको मधेशीको छोरो देशको राष्ट्रपति भएकोमा पीडा भइरहेको छ? के नेपाली छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ? नेपालको राजनीतिमा जीवन समर्पित गरेका एउटा योद्धा राष्ट्रपति भएकोमा पीडा भइरहेको छ? देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरु र मन्त्रिमण्डलको टिमले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो? यदि प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुहोस् राजनीतिमा विकल्पहरु दिनुस्। राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस्। तर यो व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार तपाईलाई छैन। हामीले देखिसकेका छौँ। भोगिसकेका छौँ। खुट्टी पनि देखिसकेका छौँ। फेरि त्यही अध्याँरो युुगमा नेपाललाई फर्काउने कुरा नसोच्नुहोस्। कुनै वंशको शासनलाई अगाडी सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ।’

प्रकाशित: १६ कार्तिक २०८० १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App