९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की

फाइल।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका छन्।

मंगलबार विराटनगरमा केन्द्रीय तथ्याङ्क कार्यालयले आयोजना गरेको कृपष गणनाको तथ्याङ्क सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद् चाँडै बिस्तार हुने बताएका हुन्।

कार्की मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेकाले चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने स्पष्ट पारे। कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमालेले विगतमा उठाउँदै आएको एजेण्डालाई नै कार्यान्वयन गर्न आफू लागिपरेको पनि बताए।

‘निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विगतमा उठाएको सहमतिको सरकारकार निर्माणको एजेण्डालाई नै मैलै कार्यान्वयनमा लैजान लागेको छु’ कार्कीले भने‘ मलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेल्नेकै एजेण्डा मेरो पनि एजेण्डा हो।’

कार्कीले कोशीमा सबै दलहरूलाई सरकारमा समावेश गर्ने नभए पनि अधिकतम दलहरूलाई समेटेर सरकार बिस्तार गर्ने योजना रहेको बताए। अहिलेको सरकार स्थिर सरकार भएका कारण अब, कोशी प्रदेशमा समृद्धिसँगै सुशासन कायम गर्न सरकार लाग्ने मुख्यमन्त्री कार्कीले बताए।

प्रकाशित: १४ कार्तिक २०८० १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App