११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचार सामग्रीले सिंगारियो बजार

खोटाङ– निर्वाचन नजिकिएसँगै खोटाङका अधिकांश व्यापारिक केन्द्र पार्टीको झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटले रंगिन थालेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार–प्रसारकाक्रममा बढी भीडभाड हुने दिक्तेल, हलेसी, बाक्सिला, खोटाङबजार, चिसापानी, ऐसेलुखर्क लगायतका बजार पार्टीका प्रचार प्रसार सामग्रीले रंगिएका छन्।

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारीकाक्रममा वाम गठबन्धनमा आवद्ध एमाले र माओबादी केन्द्र, कांग्रेस र संघीय समाजबादी फोरमले राखेको झण्डा, पर्चा, पम्प्लेटले दिक्तेल बजार सिंगारिएको छ। संघीय समाजबादी फोरमले भने पर्चा, पम्प्लेट मात्र टाँसेको छ । स्थानीय तहको निर्वाचनकाक्रममा प्रचार सामग्रीले बेहुलीझैं सिंगारिएको दिक्तेल पुःन रंगीबिरंगी बनेको छ । ठाउँ–ठाउँमा झण्डाको तोरण तानिएको छ।

अधिकांश नेता तथा उम्मेद्वार गाउँमा केन्द्रित भइरहँदा वाम गठबन्धनले दिक्तेलमा शनिबार चुनाव प्रचार–प्रसारकारुपमा हरेक घर, होटल र पशलमा झण्डा राखेका छन् । संयुक्त चुनावी कार्यक्रम भइरहेकाबेलामा सदरमुकाम दिक्तेल लगायत व्यापारिक केन्द्रमा पनि प्रचार–प्रसार थालिएको एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए । यस्तै, कांग्रेसले दिक्तेलमा आईतबारदेखि निर्वाचन प्रचारप्रसार शुरु गरेको छ । कांग्रेसका नेता तथा कार्यकताले दिक्तेलको भवनगैरादेखि हरेक घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार थालेको हो ।

जिल्लामा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका विशाल भट्टराई, प्रदेशससभा (क) मा एमालेकै राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका रामकुमार राई चुनानी मैदानमा छन् । यस्तै, कांग्रेसकातर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) मा सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) मा विष्णुकुमार राई चुनावी मैदानमा छन् । कुल एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका लागि दश राजनीतिक दलका नेताले भाग लिएका छन् ।

प्रकाशित: १९ कार्तिक २०७४ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App