१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आयातमुखी अर्थतन्त्रले देश बन्दैन: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले आयातमुखी अर्थतन्त्रले देश नबन्ने बताएका छन्। उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘थुन्ने की सुन्ने’ अर्थसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आयातमुखी अर्थतन्त्रले देश नबन्ने बताएका हुन्।

पौडेलले आयातमुखीबाट आत्मनिर्भर अर्थतन्त्र बनाउन  के–के आवश्यक छ त्यसका लागि अब सबै तयार रहनुपर्ने बताए। नीजक्षेत्र मैत्री, विदेशी लगानीमैत्री नीतिका लागि कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको पौडेलको भनाइ छ। उद्योगमैत्री, लगानीमैत्री वातावरण तयार पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने पौडेलले भने।

नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बन्न नसक्दा नेपालको उद्योग व्यवसाय फष्टाउन नसकेको पौडेलले बताए। उनले भने ‘आयातमुखि अर्थतन्त्रबाट देशको विकास हुन नसक्ने भएकाले आत्मनिर्भरमुखि अर्थतन्त्र आबश्यक देखिएको छ।’ पौडेलले नीजि क्षेत्रको सहयोग विना उत्पादन बढाउन र निर्यात बढाउन नसकिने स्पष्ट पारे।

पौडेलले वुद्धि भएका मानिसलाई पलायन हुनबाट नरोके श्रमशक्ती विदेशिनेक्रम नरोकिने बताए। ‘श्रमशक्ति विदेशिनेक्रम रोक्न ‘ब्रेनड्रेन’ हुनेक्रम रोक्नुपर्छ ’ पौडेलले भने। ब्रेनड्रेन रोके मात्रै बुद्धिभएका मानिसहरूले नै उद्योग खोल्ने, उत्पादन बढाउने र रोजगारी सृजना गर्न सक्ने पौडेलले बताए।  

प्रकाशित: १९ श्रावण २०८० १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App