सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ।
मंगलवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो।
संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ। मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको बताइन्।
सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित: १६ श्रावण २०८० १४:१३ मंगलबार