९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सबै देशसँग सुमधुर सम्बन्ध बनाइरहनु आजको आवश्यकता: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन्।

आज काठमाडौंमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन) को १६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका हुन।

उनले दौंत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउन एचसीसीएनको प्रमुख भुमिका रहेको बताए। उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताए। 

उपराष्ट्रपति यादवले एचसीसीएनले जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्ने बताए।  

प्रकाशित: ७ श्रावण २०८० १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App