८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छः मन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।

बुधबार सिंहदरवारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतीको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सडक,खानेपानी,विद्युत,खाद्यान्न लगायतका कनेक्टिभिटि तत्काल जोड्ने गरी काम गरिरहेको बताए। उनले बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताए। गृहमन्त्री श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्तान्तरण नभएको भए तत्काल बस्ती स्तान्तरण गर्ने काम गरिने बताए। बाढी पहिराबाट मानव र बस्ती जोगाउँदै घाइतेहरुको उपचार जोड दिएर काम गरिरहेको उनको भनाइ छ।

उनले भने,‘पूर्वका जिल्लामा भएको बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोज र उद्धारकार्यलाई प्राथमिकता दिएका छौं। स्थानीय बासी र बस्तीको स्तान्तरण नभएको भए तत्काल बस्ती स्तान्तरण गर्ने कुरालाई प्राथमिता दिन्छौं। बाढी पहिराबाट मानव र बस्ती जोगाउनु सरकारको कतव्र्य हो। बाढी पहिरोमा परेर घाइतेहरुको उपचार जोड दिएका छौं। बाढी पहिरोको कारण जनसम्पर्क कनेक्टिभिजीको समस्याको कारण खाद्यान्नको समस्या भोग्नुपरेको स्थानमा खाद्यान्न पु¥याउने कामलाई प्राथमिकतामा राख्छौं। खानेपानी र विद्युत आपूर्ति सम्भव भएसम्म धान्छौं। मुख्य लाइभ लाइन कनेक्टिभिजी जोड्न सरकारको ध्यान जानेछ। यसलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेका छौं। संघीय,प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरुको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएका छौं। पुनःनिर्माण र पुनवासको निम्ति सरकारले थप योजना बनाउने थालेका छौं। बाढी पहिरोबाट क्षतीग्रस्त स्थानमा आवश्यकता अनुसारको ठोसकार्यजना बनाएर काम केके गर्ने भन्ने विषयमा बिहीवार भौतिक,अर्थ,स्वास्थ्य,ऊर्जा,खानेपानी मन्त्रालयसहितको बैठक राखेको छु।

प्रकाशित: ६ असार २०८० १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App