११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सामान्यकाे निर्देशनलाई अन्य मन्त्रालयले टेरेनन्

फाइल तस्वीर

कर्मचारीको विवरण तथा दरबन्दीको अवस्था पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पटक–पटकको निर्देशन तथा परिपत्रलाई अन्य मन्त्रालय, कार्यालय, विभाग तथा निकायहरूले टेरेका छैनन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले अहिलेसम्म पाँचपटक परिपत्र गरीसकेको छ। तर मन्त्रालयको परिपत्रलाई अन्य मन्त्रालय तथा कार्यालयहरूले बेवास्ता गर्दै आएका छन्। मन्त्रालय स्रोतका अनुसार १७ वटा मन्त्रालय तथा ४० वटा विभिन्न निकायहरूले सामान्यको चिठीलाई बेवास्ता गरेका छन्।

मन्त्रालयका प्रवक्ता कमल भट्टराईले कर्मचारीको विवरण पठाउन मन्त्रालयले गरेको परिपत्रतलाई आधाभन्दा बढी मन्त्रालय तथा कार्यालयहरूले बेवास्ता गरेको बताए। ‘विवरण पठाउन हामीले पटकपटक परिपत्र गरेका हौं तर हाम्रो परिपत्र कार्यान्वन भएको छैन,’ उनले भने। 

प्रकाशित: ४ असार २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App