११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन :  नेता खनाल

काठमाडौँ –नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताएका छन्। 

एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनका नेता भोलनाथ पोखरेलले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने र एमालले रोक्न नदिने बताए। 

वरिष्ठ नेता खनालले निर्वाचन भाँड्नका लागि अनेक ढङ्गले लागेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई सबैले परास्त गर्नुपर्नेमा जोड दिए । 

संविधान कार्यान्वयन, देशमा शान्ति, स्थायित्व र विकासका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको र सोही अनुसार निर्वाचनको तयारी गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत गरे। 

नेपाल निजामती कर्मचारी सङ्गठनका नेता पोखरेलले श्रमिक कर्मचारी हकहितका लागि कर्मचारी सङ्गठन आवश्यक रहेको बताएका थिए । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App