८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

चुरे उत्खनन र विदेश निर्यात प्रस्तावको ‘जग’ के होः सांसद पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद तथा पूर्व अर्थ भन्त्री विष्णुप्रसाद पौडेलले चुरे क्षेत्रको उत्खनन र विदेश निर्यातको प्रस्तावको ‘जग’ स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

‘अर्थ मन्त्री ज्यूले कुन आधारमा चुरे क्षेत्रको समेत उत्खनन गर्ने र विदेश निर्यात गर्ने प्रस्ताव गर्नुभयो?’, उनले आइतबार बजेट माथिको छलफलमा भाग लिदै भने।

सांसद पौडेलले अघिल्लो आफ्नो कार्यकालमा बजेट ल्याउँदा यस कार्यक्रमको चर्को विरोध भएको उल्लेख गर्दै फेरी सरकारले त्यही प्रस्ताव किन ग¥र्यो भन्दै प्रश्न गरेका हुन।

‘हिजो हामीले खानी विभागबाट अध्ययन गरेर, खानी बिभाग उपयुक्त मानेका आयोजनाको खानी प्रयोग गरेर बचेका स्रोतहरु निर्याप्त गर्ने प्रस्ताव राख्दा चर्को विरोध भएको थियो। चर्को स्वरमा विरोध सुनिएको थियो। यो प्रस्ताव कुन जगमा उभिएर फेरी ल्याएको छ?’, उनले भने।

प्रकाशित: २८ जेष्ठ २०८० ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App