सिंहदरबारमा प्रमुख तीन दलका प्रमुखहरुको छलफल भएको छ।
आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
पछिल्लो समय भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई प्रहरीले पक्राउ गरिरहेको छ। प्रहरीले आजै पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाइ पक्राउ गरेको छ। यस प्रकरणमा अहिले सम्म १२ जना पक्राउ परिसकेका छन्।
यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ।
प्रकाशित: २७ वैशाख २०८० ०९:२२ बुधबार