नेपाली काग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई एनपी साउद नाम बुझाइसकेका छन्।भोलि ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने कार्यक्रम रहेको छ न। छन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।
सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि पूर्णबहादुर खड्का रक्षामन्त्री , प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ शहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री बनिसकेका छन्।
प्रकाशित: २ वैशाख २०८० १३:०१ शनिबार