१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

व्यवहारमा आधारित शिक्षाको खाँचो: नेता साउद

कञ्चनपुर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश साउदले बदलिँदो परिवेशअनुसारको व्यवहारमा आधारित शिक्षाको खाँचो रहेको बताएका छन्।

नेपाल मानवअधिकार तथा विकास सङ्गठनद्वारा आज कञ्चनपुरको झलारीमा आयोजित “शिक्षामा सङ्घीयता” विषयक प्रत्यक्ष संवाद कार्यक्रममा उनले रोजगारी सिर्जना गर्ने र देशलाई समृद्धितर्फ लैजाने शिक्षाको आवश्यकता रहेको बताए।  

नेता साउदले संविधानमा मौलिक हकअन्तर्गत शिक्षालाई राखिएको उल्लेख गर्दै आधारभूत तह निःशुल्क र अनिवार्य तथा माध्यमिक तह निःशुल्क गरिने व्यवस्था भएकाले यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबैले लाग्नुपर्ने बताए। रासस

 

प्रकाशित: २२ आश्विन २०७३ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App