१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९औं शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन्। एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले भने, 'सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शकमात्र भएर हुँदैन, समाधानमा पहल गर्नसक्ने हुनुपर्छ।'

सार्कका सदस्य मुलुक भारतले पाकिस्तानसँगको तनावका कारण भारतले पाकिस्तानमा आगामी कात्तिकमा हुने तय भएको शिखर सम्मेलनमा भाग नलिने जनाएपछि अन्य केही सदस्य मुलुकले पनि सहभागी नहुने जनाएका छन्।

अध्यक्ष ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताउँदै देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गरे। उनले भने, 'एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन्।'

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए।

एमालेले प्रदेशस्तरीय कमिटी गठन गरेसँगै सम्पर्क समन्वय कमिटीलाई प्रदेशस्तरको कमिटीको मान्यता दिइएको छ भने विगतका अञ्चल सम्पर्क कमिटी प्रदेशमा समायोजना हुनेछन्। रासस

प्रकाशित: १३ आश्विन २०७३ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App