काठमाडौं- चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।
बिमानस्थलबाट प्रधानमन्त्री दाहाल राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन्। दाहाल नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट दिल्ली प्रस्थान गरेका थिए।
प्रकाशित: ३० भाद्र २०७३ ०७:५७ बिहीबार