१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नार र फू का मतपेटिका सोमबार मात्र ल्याइने

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिका नार र फू गाउँ

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिका नार र फू गाउँबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। भौगोलिक कठिनाईका कारण आइतबार मतपेटिका सदरमुकाम चामे झार्न नसकिएको निर्वाचन अधिकारीले बताएका छन् ।  

‘नार र फू का लागि हेलिकप्टर मगाएका छौ । आइतबारका लागि हेलिकप्टर जाने सम्भावना रहेन । मतपेटिका सुरक्षित रुपमा राखेर सोमबार हेलिकप्टरमा सदरमुकाम चामे झार्ने हो,’ मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले भने, ‘५ बजेसम्म निर्वाचन समय हुने र त्यो बेलासम्म मौसमी समस्या आउने भएकोले पनि मतपेटिका तल ल्याउन सकिने अवस्था रहेन ।’

कम्तिमा २ दिन लगाएर मात्र सदरमुकाम चामेसम्म हिडेर आउन सकिने भएकोले पनि मतपेटिका बोकेर ल्याउन सहज नभएको उनले बताए । ‘बोकेर ल्याउने सम्भावना छैन । पैदलमार्ग पनि अप्ठेरो छ । त्यसैले आज पर्खेर भएपनि भोलिसम्म हेलिकप्टरबाट ल्याउने हो,’ उनले भने ।  

प्रकाशित: ४ मंसिर २०७९ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App