८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

रोल्पाको थवाङमा बिप्लव नेतृत्वको चुनाव विरोधि मसाल जुलुस

थवाङमा निकालिएको मसाल जुलुस। तस्बिर: नागरिक

चुनाव बहिस्कारको घोषणा गरेको नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ताले निर्वाचनको पुर्व सन्ध्यामा रोल्पाको थवाङमा शनिबार बेलुका मसाल जुलुससहित नारा जुलुस गरेका छन्।  

मंसिर ४ को निर्वाचन खारेजी गरौ, नेकपा जिन्दाबाद जस्ता नारासहित उनिहरुले थवाङमा प्रर्दशन गरेका हुन। गत स्थानिय निर्वाचनमा स्वतन्त्रका नाममा चुनावमा भाग लिएको सो दलले मंसिर ४ को निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको हो।  

रोल्पाको थवाङ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको प्रभाब क्षेत्र मानिन्छ। यहाँका ८६ मध्ये ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको छ।  

प्रकाशित: ३ मंसिर २०७९ १४:११ शनिबार

नेत्र बिक्रम चन्द बिप्लव