८ मंसिर २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

आज मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिमा मानिसहरूको भिड (फोटोफिचर)

काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा आज मार्गकृष्ण त्रयोदशीको दिन मानिसहरूको भिडभाड लागेको छ। आज रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ। शत बीजमा सप्त बीज हुन्छ।

यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो।

बोलीचालीको भाषामा शतबीउ छर्ने भनिने शतबीजरोपणले पितृको उद्धार हुन्छ भन्नेजनविश्वास छ। अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ। यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन्।

भोलि मंसिर ६ गते कृष्ण चतुर्दशीका अर्थात बाला चतुर्दशी पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App