काशीराम विरस
‘रिदिमा , ए रिदिमा, खाना खान आउनु, खाना राखिसकें। चिसो हुन्छ, छिटो आउनु। ’ भान्छा कोठाबाट आमाले बोलाएको सुनेर रिदिमाले गृहकार्य गरेकै ठाउँबाट भनिन्, ‘आएँ आमा ! म आएँ। ’
घडीले ९ बजाइसकेको रहेछ। भान्छाको काम सकिन लाग्दा पनि रिदिमा नआएपछि उनकी आमालाई लाग्यो कतै छोरीले गृहकार्य पो सकिन्न कि ! अथवा मनपर्ने कार्टुन पो हेरिबसिन् कि। ‘हैन के गरेर बसेकी छ भन्दै उनी कोठामा पसिन्। रिदिमा गृहकार्य गर्ने कापीकिताब एकातिर राखेर कार्टुन पो हेर्दै रैछिन्। यस्तो दृश्य देखेर उनकी आमालाई एकछिन त रिस पनि उठ्यो। रिस मनमै राखेर उनले सम्झाइन्, ‘हैन, आज विद्यालय जानु पर्दैन कि के हो ? खाना खान आए“ भनेको हैन ? समयमै खाना खान आएको भए भान्छाको काम अघि नै सकिसक्थें। विद्यालय जान ढिलो होला फेरि। ’
हस् आमा भन्दै रिदिमा भान्छातिर लागिन्। घडीमा ९ः१५ बजिसकेको थियो। छिटोछिटो खाना खाई लुगा लगाएर विद्यालय हिँडिन्। विद्यालय पुग्दा ’एसम्ब्ली’ सकिएको थियो। उनी सिधै कक्षा कोठातिर लागिन्। ‘लौ न नि आज गणित सरले गाली गर्नुहुन्छ। मैले गणितको गृहकार्र्य गर्न बिर्सेछु। अंग्रेजीको गृहकार्य सकाएर गर्छु भन्ठानेकी थिएँ तर कार्टुन हेर्दाहेर्दै बिर्सिहालेछु। टिफिनपछि मात्र गणितको पिरियड भइदिए पनि गृहकार्य सकाउ“थें’, रिदिमा आफैंसँग कुरा गर्न थालिन्, ‘के गर्ने टिफिन अगाडि नै परेर पो मा-यो। सरको नराम्रोसँग गाली खाइने भो आज। ’
समयमा खानेकुरा खाएन भने हाम्रो शरीरमा शक्ति हुँदैन। शक्ति भएन भने हामी लेखपढ र अन्य कुनै काम समयमा गर्न सक्दैनौं र सधैं पछि पर्दै जान्छौं। त्यसैले रिदिमा आऊ। हामीसँगै बसेर टिफिन खाऔं। कि कसो साथी हो ?
नभन्दै दोस्रो घण्टीपछि नै गणितको पालो थियो। लगतै सरको प्रवेश भयो। रिदिमालाई कसरी यो पिरियड सामना गर्ने भनेर पर्नु पिर प-यो। सरले सबैको गृहकार्य कपी एकएक गर्दै हेर्न थाले। पालो रिदिमाकै आयो। ‘रिदिमा, खै तिम्रो गृहकार्य भन्नेबित्तिकै उनको अनुहार रातोनिलो भयो। रिदिमाको ‘ह“ सर... !’ को डरमिश्रित स्वरले सरले कुरा बुझिहाले र भने, ‘नगर्नेले के सजाय पाउँछ ?’
विद्यार्थी समूहबाट जवाफ आयो, ‘बेन्चमा कुखुरा बन्ने !’ रिदिमा डर र लाजले मुख झन् रातो पार्दै बेन्चमाथि कुखुरा बनिन्। केही समयपछि सरले बेञ्चमा बस्न भन्दै अब नियमिति गृहकार्य गर्न सुझाए।
‘रिदिमा टिफिन खाने हैन’, साथी उरुषाले सोधिन्। ‘तिमीहरू खाऊ न है। मलाई आज टिफिन खाने मन छैन क्या’ उनले भनिन्।
‘आ...अघि कक्षाको कुरो सम्झेर होला हैन टिफिन खान मन नलाग्या ?’, साथी विनिषाले थपिन्। ‘त्यसो हैन विनिषा, आज मलाई भोकै लाग्या छैन क्या’, रिदिमाले भनिन्।
– त्यसो भनेर कहाँ हुन्छ र रिदिमा। समयमा खानानास्ता गरेन भने त हामीलाई पेटसम्बन्धी रोगले च्यापिहाल्छ नि हैन ? यो कुरो त हाम्रो स्वास्थ्य तथा वातावरण किताबमा पनि त पढ्नुपर्छ नि हैन ?
– हो त रिदिमा थोरै भए पनि खानुपर्छ समयमा कि कसो ?
‘अनि फेरि अर्को कुरा नि रिदिमा जसरी हामीले समयमा गृहकार्य गरेन भने सजाय पाउँछौं। त्यसरी नै समयमा खानानास्ता खाएन भने शरीरले हामीलाई सजाय दिन्छ। समयमा खानेकुरा खाएन भने हाम्रो शरीरमा शक्ति हुँदैन। शक्ति भएन भने हामी लेखपढ र अन्य कुनै काम समयमा गर्न सक्दैनौं र सधैं पछि पर्दै जान्छौं। त्यसैले रिदिमा आऊ। हामीसँगै बसेर टिफिन खाऔं। कि कसो साथी हो ?’, साथी उरुषाले सुझाउन कुरो राखिन्।
‘हो साथीहरू हो, तिमीहरूले भनेको कुरा मलाई एकदमै चित्त बुझ्यो। तिमीहरूको दाँजोमा म त अबुझ नै रहेछु भन्ने आज आएर बल्ल महसुस भयो। यस्तो राम्रोराम्रो कुरा बुझेर पो त तिमीहरू सधैँ सक्रिय भएका रहेछौं । आज मैले यसको रहस्य थाहा पाए“। म पनि एउटा कार्यतालिका बनाउ“छु र आजदेखि नै सोही तालिकाअनुसार काम गर्छु। तिमीहरू सबैलाई धेरै धन्यवाद भन्दै सबै खाजा खानतिर लागे।
प्रकाशित: १४ भाद्र २०७६ १३:३१ शनिबार