जडतालाई छाडेर पारि हृदय चिन्मय ।।
अमनस्क भई राम आत्मामा वन तन्मय ।।
तरंगहीन गम्भीर गाढा आनन्द सागर ।।
मिठासको छ जो स्रोत आत्मा नै त्यो छ व्यापक ।।
प्रपञ्च देखिने जो छ आत्मा हो सब यो बुझ ।।
म अर्कैभित्र यो भन्दै ढिक्को नगर खण्डित ।।
जैले यो ब्रह्मो रूप चिन्दछौ त्यो अखण्डित ।।
विशाल तब संसार परमेश्वर बन्दछ ।।
समस्त ब्रह्मा हो मान्ने बह्मा बन्दछ मानव ।।
पिए अमृतको मान्छे सुधामय हुँदैन र ।।
भए भव्य यति जाने चिन्दछौ बह्मा निश्चय ।।
भश्ममा होमझैं नत्र शिक्षा यो व्यर्थ बन्दछ ।।
प्रकाशित: ३० असार २०७५ ०२:५९ शनिबार