"
प्रशान्त लामिछाने

प्रशान्त लामिछाने

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

सोमबार, २२ कार्तिक २०७३

संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए।

चिनियाँ पक्षले गोवामै सम्झौता गर्न चाहेको थियो

आइतबार, १४ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा चिनियाँ पक्षले सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। 'चिनियाँ पक्षले गोवामा केही सम्झौता गर्न चाहेको थियो तर मैले दीर्घकालीन अर्थ राख्खे सम्झौता बेइजिङ वा काठमाडौंमा गर्नु पर्ने धारणा राखेँ।'

चीनले गोवामै सम्झौता गर्न खोजेको प्रधानमन्त्रीको खुलासा

आइतबार, १४ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवा पुगेका बेला चिनियाँ पक्षले त्यहीँ सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। गोवामा दाहालको चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट भएको थियो।

सामाजिक सञ्जालमा विरोध हुँदैमा विदा फिर्ता हुँदैनः दाहाल

आइतबार, १४ कार्तिक २०७३

'दुई मुलुकको सम्बन्धलाई असर पुग्ने गरी नकारात्मक नबनौं', सीमित सञ्चारकर्मीबीच उनले भने, 'नकारात्मक सोचाई धेरै बढ्दा विकासमानै बाधा पुग्छ।' विदा दिने सरकारको निर्णयप्रति उनी दृढ देखिए। 'सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट विरोध गर्दैमा विदा फिर्ता हुँदैन', उनले भने।

तीन दलबीचकाे छलफलपछि महाभियोग प्रस्ताव दर्ता गरिएको होः प्रधानमन्त्री दाहाल

शनिबार, १३ कार्तिक २०७३

प्रधानमन्त्री दाहालले महाभियोग दर्ता गराएको विषय सत्ता गठबन्धनसँग नजोडिएकोसमेत बताए। ‘महाभियोग दर्ता गर्नुभन्दा पहिला प्रमुख दलबीच छलफल भएको थियो,’ प्रधानमन्त्रीले भने, ‘ अब पनि हामीहरु सहमतिबाटै अगाडि बढ्ने हो। महाभियोग ल्याउँदा सत्ता गठबन्धनलाई कुनै असर पर्दैन।’ उनले माओवादी र नेपाली कांग्रेसबीच कुनै समस्या नरहेको बताए।

संसद जनताको आस्थाको केन्द्र हो, लोकमानको दरबार हैनः डा. केसी

शनिबार, ०६ कार्तिक २०७३

बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नेपाली कांग्रेसलाई खुट्टा नकमाउन आग्रह गरेका छन्। गोविन्द केसी अलाइन्सले आज राजधानीमा गरेको प्रदर्शनलाई सम्वोधन गर्दै केसीले पुरानो लोकतान्त्रिक दल भएर लोकतान्त्रलाई ढाँट्न नहुने बताए।

दसैंमा पन्छी ब्यापार (फोटो फिचर)

शनिबार, २२ असोज २०७३

काठमाडौं- सामान्य समयमा भन्दा दसैंमा धेरै मासु खपत हुने गर्छ। विशेषगरी खसी, बोका र हिमाली च्याङग्राको मासु दसैंमा बढी प्रयोग गरिने भए पनि कुखुरा, हाँस, लौकाट जस्ता पन्छीको ब्यापार पनि यो समयमा बढ्ने गर्छ। नवरात्रीमा बोका, राँगा, भाले र हाँस बली दिने चलन पनि रहँदै आएको छ।

धादिङ बस दुर्घटनामा को को घाइते भए?

मङ्गलबार, ११ असोज २०७३

धादिङको लामाङमा भएको बस दुर्घटनाका ११ घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनीहरुको नामावली अस्पतालले सार्वजनिक गरेको छ।

हेलिकोप्टरबाट ल्याइएका एक जनाको शिक्षण अस्पतालमा मृत्यु

मङ्गलबार, ११ असोज २०७३

धादिङको लापाङमा भएको बस दुर्घटनामा घाइते एक जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। 'एक जना घाइतेको उपचारको क्रममा मृत्यु भयो', टिचिङ अस्पतालका निर्देशक डा.दीपक बोहोराले नागरिकन्युजसँग भने, 'अरुको उपचार भइरहेको छ।'

प्रधानमन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

शुक्रबार, ०७ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै खानेपानी आयोजनाको स्थलगत अध्ययनका लागि मेलम्ची पुगेका छन्। विज्ञसहितको टोली लिएर मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण बुझ्न प्रधानमन्त्री सिन्धुपाल्चोकमा पर्ने मेलम्ची आयोजनाको स्थलगत अध्ययनका लागि निस्केका हुन्।

जब नोवेल विजेता वैज्ञानिक भेटिए

मङ्गलबार, ०४ असोज २०७३

क्यामेस्ट्रीतर्फ २०११ को नवोल पुरस्कार विजेता डान सेक्चमेनलाई भेट्ने अवसर मिल्यो। अहिले उनी विज्ञानसम्वन्धी एक सम्मेलनलाई सम्वोधन गर्न नेपालमा छन्। क्वाजीक्रिस्टल पत्ता लगाएका यो युगकै महान वैज्ञानिकलाई भेट्न पाउँदाको क्षण रोमाञ्चक त हुनेनै भयो।

दाहालको दिल्ली यात्राः के अाश गर्ने?

बुधबार, २९ भदौ २०७३

भूगोलको निकटता एउटा पक्ष हो। नेपाल-भारतबीच नागरिक स्तरबाट जोडिएको भाषिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ छ। जनस्तरमा निकटत सम्बन्ध रहे पनि राजनीतिक तहमा भने समय समयमा दरार देखिन्छ। 'रोटीबेटीको सम्बन्ध'ले नाकाबन्दी रोक्न नसक्नु त्यही राजनीतिक खटपटीको उपज थियो।

नयाँ राजनीतिक दिशा

बिहिबार, २३ भदौ २०७३

परिवर्तन व्यवस्थित गर्न नसक्दा खतरा हुन्छ। अब त्यो खतरा निम्तन दिनुहुन्न। त्यसका लागि परम्परागत राजनीतिको दिशा परिवर्तन हुन जरुरी छ।

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीब्र, ठूला सम्झौता नहुने

आइतबार, १९ भदौ २०७३

प्रधानमन्त्रीले पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणको तयारी तीब्र पारेका छन्। दाहालले भ्रमणको तयारी स्वरुप आइतबार पराराष्ट्र, गृह, अर्थ, आपुर्ती, उर्जामन्त्री र सचिवहरुसँग बैठक समेत गरेका छन्। उनले भ्रमणका एजेण्डा तय गर्न मन्त्रालयहरुलाई निर्देशन समेत दिए।

पूरक बजेट ल्याउने सरकारको तयारी

आइतबार, १९ भदौ २०७३

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।

पुष्पकमल दाहालका आरोह अवरोह

बुधबार, १९ साउन २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक नेपालको प्रधानमन्त्री बनेका छन्। यस अघि उनी २०६५ साउनमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। पहिलो संविधान सभा उनले ९ महिना सरकारको बागडोर सम्हाले। तत्कालीन प्रधानसेनापछि रुक्माङगत कटवाललाई हटाउने निर्णय विवादमा परेपछि दाहालले राजीनामा दिएका थिए।

ओलीका सपनाको भारीमा दाहाल

मङ्गलबार, १८ साउन २०७३

'होसियारीपूर्वक गिलास नसमाते खस्न सक्छ तसर्थ राजनीतिको यात्रा पनि जोखिमपूर्ण हुन्छ'– एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बहिर्गन हुँदै गर्दा जननेता मदन भण्डारीको यो भनाइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा लागु हुन्छ।

इयुबाट बेलायत बाहिरिँदा नेपालमा कसले के भने?

शुक्रबार, १० असार २०७३

काठमाडौं- यूरोपेली युनियनबाट बेलायत बाहिरिने भएपछि त्यसबारे नेपालमा समेत प्रतिक्रिया दिन सुरु गरिएको छ।

चीन सम्बन्धः रहरलाग्दो तर कठिन

बुधबार, ०८ बैशाख २०७३

भारत भ्रमण गरेको एक महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमण गरेर फर्केका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।