"
प्रशान्त लामिछाने

प्रशान्त लामिछाने

प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

मङ्गलबार, २५ पुष २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ। बैठकले राष्ट्रिय सभा, र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको छ।

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

सोमबार, २४ पुष २०७४

नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्।

माओवादी बैठकमा 'हैसियत' को चिन्ता

मङ्गलबार, १८ पुष २०७४

नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेकपा एमालेसँग हुने भनिएको एकताको तयारी कसरी गर्ने भन्नेबारे छलफल भएको छ। मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दहाल निवास खुमलटारमा बसेको बैठकमा पार्टी एकताको बारे अध्यक्ष दाहालले सचिवालय सदस्यलाई 'ब्रिफिङ' गरेका थिए।

बालकोटमा ओली-दाहाल 'वान अन वान' वार्ता

बुधबार, १२ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा 'वान अन वान' वार्ता भएको छ।

जबज पथमा माओवादी यात्रा

शुक्रबार, ०७ पुष २०७४

सन् १९१९ मा जर्मन कम्युनिस्ट पार्टीमा विभाजन आयो । तत्कालीन सोभियत संघका नेता भ्लादिमिर लेनिनले यो खबर रेडियोमार्फत सुने । विभाजित पार्टीलाई एक ठाउँमा ल्याउन सोभियत संघबाट पत्र काटियो । २८ अक्टोबर १९१९ मा लेनिनले दुई पार्टीलाई पत्र लेख्दै एकताको विकल्प नभएको निर्देशनात्मक सन्देश दिए ।

राष्ट्रपतिले भनिन्: तपाईहरु मिलेर आउनु भयो भने सहज हुन्छ

बुधबार, ०५ पुष २०७४

वाम गठवन्धनका नेताहरुले वुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति भण्डारीलाई दवाव दिइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख सुभाष नेम्वाङ शीतल निवास पुगेका हुन्।

माओवादी केन्द्रीय समितिमा फेरिएको दृश्य

सोमबार, ०३ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि नेकपा माओवादी केन्द्रको औपचारिक बैठक सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बस्यो। करिव ४ हजार केन्द्रीय सदस्य रहेको माओवादीले निर्वाचन पछिको चुनावी समीक्षा गर्न पर्टीले केन्द्रीय समिति बैठक डाकेको हो। भर्खरै माओवादीमा पार्टी एकता गरेका गणेश शाह पनि बैठकमा अध्यक्ष पुष्पकमल दाहालसँगै मञ्चमा देखिए।

दाहालका डेरा: रोहिणीदेखि खुमलटारसम्म

शनिबार, ०१ पुष २०७४

शान्ति प्रक्रिया सुरु भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बजारमा डेरा लिए। त्यही घरमा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराई पनि सँगै बस्थे। केही समय पछि भट्टराई शान्ति नगरमा डेरा सरे। नयाँ बजारको सिंगो घरमा दाहाल बस्न थाले।

पदम गिरी: धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

मङ्गलबार, २६ मङि्सर २०७४

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई न्याय दिने कोही देखिनन्।

'सेकेन्डम्यान' जसले चुनाव हारे

मङ्गलबार, २६ मङि्सर २०७४

संविधान सभाबाट संविधान निर्माण भए पछि भएको पहिलो निर्वाचनमा केही यस्ता नेताहरुले पराजय व्यहोरे जसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस मध्ये नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ हुन्। यी तीनै नेता उनीहरुको पार्टीमा 'सेकेन्डम्यान' हुन्।

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन तर्फ अगाडि रहेको नेकपा एमाले सामानुपातिक मतगणनामा पनि अग्र स्थानमा छ। जारी मत गणनामा नेकपा एमालेले ७ लाख २८ हजार ५ सय ९३ मतले अग्रता कायम गरेको छ। प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने समानुपातिकमा एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ६ लाख ९३ हजार ९ सय २६ मत प्राप्त गरेको । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा तेस्रो स्थानमा छ। माओवादीले ३ लाख १२ हजार ५ सय ५० प्राप्त गरेको छ।

प्रत्यक्षतर्फ वाम गठवन्धनको दुई तिहाई

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ वाम गठवन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ। वाम गठवन्धनका साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १ सय १० सिटमा विजय प्राप्त गरेसँगै दुई तिहाई पुगेको हो।

विद्रोही दाहाल–भट्टराईको त्यो काठमाडौं उडान

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रधानमन्त्री निवास वालुवाटारमा २०६३ असार २ गते अन्य दिनभन्दा छुट्टै चहल पहल र उत्सुकता थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दुई विद्रोही नेताको तिब्र प्रतिक्षमा बसेका थिए। जनआन्दोलन ०६२–०६३ को सफलतापछि विद्रोही माओवादीसँग शान्ति प्रक्रिया सुरु हुँदैथियो। शान्ति प्रक्रियाबारे छलफल गर्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई काठमाडौं आउँदै थिए।

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

आइतबार, ०३ मङि्सर २०७४

तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए । तर जनयुद्धको तिव्रतासँगै सबै परिवार भूमिगत हुने अवस्था आयो । सरकारी धरपकडले घरमा बस्ने अवस्था रहने । उनी पनि पितासँगै भूमिगत बने।

पुष्पकमलले दिए दागबत्ती

आइतबार, ०३ मङि्सर २०७४

आइतबार विहानमात्र निधन भएका छोरा प्रकाशको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। पिता पुष्पकमल दाहालले पुत्र प्रकाशको पार्थिव शरीरमा दाबगत्ती दिएका छन्।

पिता अर्धभूमिगत, पुत्र चुनावी मैदानमा

आइतबार, १९ कार्तिक २०७४

आइतबार विहान गोंगवुमा एक युवा चुनावी प्रचारको क्रममा भेटिए। न ठूलो समूह न हल्ला खल्ला न त कुनै ठूलो योजना नै थियो। अग्लो कद र खिरिलो ज्यान भएका ति युवा थिए समिर सिंह अर्थात अशोक विक्रम जिसी। राजनीतिमा समिर सिंह चलेको नाम होइन तर उनका पिताको नाम भनेपछि 'ए…' नभन्ने सायदै कम होलान्। उनका पिताको नाम हो मोहन विक्रम सिंह। मोहन विक्रम सिंह नेकपा मसालका महामन्त्री हुन्।

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

बुधबार, १८ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

एमाले, माओवादी र नयाँ शक्तिको तालमेल

मङ्गलबार, १७ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल र पार्टी एकताबारे सहमति भएको छ।

एमाले माओवादी ६०/४० का आधारमा चुनावमा जाने, घोषणा आजै

मङ्गलबार, १७ असोज २०७४

चुनावी तालमेल र पार्टी एकताबारे नेकपा एमाले र माओवादी केन्द्रले आजनै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने भएका छन्। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति पत्रमा हस्ताक्षर गर्ने छन्।

'तपाई राइटिस्ट एकतातर्फ लाग्नुस्'

मङ्गलबार, १७ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको चुनावी तालमेललाई जारी राख्न गरेको अन्तिम प्रयास विफल भएको छ। कांग्रेस सभापति समेत रहेका देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले माओवदी अध्यक्षलाई मंगलबार बिहान भेटेर चुनावी एकता कायम राख्न आग्रह गरेका थिए।