"

डिबी बुढा

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

मङ्गलबार, ०५ असार २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक स्तरको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ।

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

आइतबार, ०३ असार २०७५

जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएका गैर सरकारी संस्थालाई तत्काल सम्पत्ति विवरण बुझाउनको लागि स्थानीय प्रशासनले निर्देशन गरेको छ।

सुत्केरी बचाउँदै कर्णाली सरकार

बिहिबार, ३१ जेठ २०७५

पछिल्लो समय कर्णाली सरकारले दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले छटपटिएका महिलाको ज्यान बचाउन सफल हुँदै आएको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बुधबार, ३० जेठ २०७५

गएराति वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकोछ। कालिकोटको दहिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो।

योजना बनाउँदै स्थानीय सरकार

मङ्गलबार, २९ जेठ २०७५

चालू आर्थिक वर्ष सकिने समय नजिक आउँदै गर्दा जुम्लाका स्थानीय सरकार आगामी आर्थिक वर्षको योजना बनाउन जुटेका छन्।

शिक्षक टिकाउन आलुखेती

सोमबार, २८ जेठ २०७५

निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए।

जुम्ला विमानस्थलको रनवे विस्तारमा पहल

आइतबार, २७ जेठ २०७५

जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।

यात्रु भन्छन्– बाँच्ने आशा मारिसकेका थियौं, पुनर्जन्म भएको अनुभूति भइरहेछ

शनिबार, २६ जेठ २०७५

जहाजका यात्रु विनोद शेरचनले जहाज ल्याण्ड गर्न खोज्दा उत्साहित सबै यात्रु एक्कासी ढल्कदै घासे मैदानतर्फ जाँदा बाँच्ने आशा मरिसकेको अनुभूति सुनाए। उनले भने, ‘जहाजको कण्डिसन हेर्दा बाँचिदैन जस्तो लागेको थियो, तर चालक दलको चतुर्याईका कारण बच्न सफल भइयो।’ उनले आजको दिनमा आफ्नो पुर्नजन्म भएको बताए।

ठेकेदारसँगै उपभोक्ता समितीलाई कस्दै जुम्ला प्रशासन

शनिबार, २६ जेठ २०७५

कामचोर ठेकेदारको उच्च निगरानी राख्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले उपभोक्ता समितीलाई समेत कस्दै आएको छ।

संघीयताले भोकभोकै मार्ने भो

शुक्रबार, २५ जेठ २०७५

जुम्लाको तिला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जगदिश नेपाली २ महिना देखि स्वास्थ्यकर्मीले तलब पाउन नसकेको प्रति दुख पोख्छन्।  उनका अनुसार ९ महिना देखि दुर्गम भत्ता र वर्षभरीको पोशाक भत्ता उपलब्ध हुन सकेको छैन्।

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

बुधबार, २३ जेठ २०७५

कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ।

एउटै भवनमा दुई वडा कार्यालय

शनिबार, १९ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्।

जैविक जिल्लामा रासायनिक विषादीको विगविगी

शनिबार, १९ जेठ २०७५

जुम्लालाई १४ औ जिल्ला परिषदबाट जैविक जिल्ला घोषणा गरेको भएपनि पछिल्लो समयमा अत्याधिक रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। जैविक जिल्ला घोषणा गरेको दशकसम्म कुनै पनि रासायनिक विषादी प्रयोग गरेको पाइएको थिएन, तर यो वर्ष चन्दननाथ नगरपालिका क्षेत्रको सबै जसो धान खेतमा रासायनिक विषादी (व्युटाकोलर) को प्रयोग बढेको छ। यहाँको ढाणथपला र छिना ज्युलोमा व्युटाकुलर लुकिछपी प्रयोग गरेको पाइएको छ।

खोप लगाएको ५ घण्टामै बालकको मृत्यु

शुक्रबार, १८ जेठ २०७५

तिला गाउँपालिका ३ स्थित पाडा लुम्सेरागाँउमा डिपिडी र हिप बी खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु भएको छ। खोपाका कारण डेढ महिनाका संभव भट्टराईको मृत्यु भएको हो । सकुसल बच्चा खोप लगाइसकेपछि एक्कासी बिरामी भएर पाँच घण्टामै मृत्यु भएको आफन्तले जनाएका छन्।

पाँच दिन भित्र काम शुरु नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी

शुक्रबार, १८ जेठ २०७५

पछिल्लो समयमा ठेकेदारको लापरवाहीका कारण अधिकांश योजना अलपत्र पर्ने गरेको गुनासो आएपछि ठेकेदार प्रति स्थानीय प्रशासन कडा बन्दै गएको छ।  जनताको मर्म अनुसार काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न लागेको हो।

कर्णालीमै पहिलो पटक मेरुदण्डको सफल अप्रेशन

शुक्रबार, १८ जेठ २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलो पटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो।

तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका अभिभावकले बुझे

बुधबार, १६ जेठ २०७५

रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो।

जुम्लामा दैनिक २२ घण्टा लोडसेडिङ

आइतबार, १३ जेठ २०७५

सरकारले देशैभर लोडसेडिङ मुक्त भइरहेको भनिरहेको बेला जुम्लामा भने दैनिक २२ घण्टा लोडसेडिङ हुने गरेको छ। प्रत्येक पाँच दिनको एक दिन मात्रै राति बत्ति आउने गरेको स्थानीय बताउँछन्। दैनिक दुई घण्टा मात्रै वत्ति आउँछ।

चामल अभाव हुँदा रित्तो हात फर्कदै उपभोक्ता

शनिबार, १२ जेठ २०७५

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा चामल अभाव हुँदा स्थानीय उपभोक्ता रित्तोहात फर्कने गरेका छन् । दुई हप्ता अगाडि आएको जापानिज चामलको मूल्य निर्धारण नभएको र अन्य कुनै पनि प्रकारको चामल मौज्दात नभएकोले उपभोक्ता रित्तोहात फर्कन बाध्य भएका हुन्।

अन्यौलमा न्यायिक समिति

शनिबार, १२ जेठ २०७५

तिला गाउँपालिकाकी न्यायिक समितिका संयोजक उपाध्यक्ष बिष्णु बुढाको टेबुलमा ६ वटा उजुरी परेका छन् । उनले उजुरीको प्रकृति अनुसार छलफल र मेलमिलापलाई अघि त बढाएकी छिन तर न्यायिक नै अन्यौलतामा अघि बढेकोले अकमक्काउछिन ।