"

देवेन्द्र बस्नेत

‘सत्तापक्ष’ चिढ्याएको बजेट

बिहिबार, ०७ असार २०७५

संघीय सरकारको बजेटमाथि केहि दिनअघि संसदमा धारणा राख्दै दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपारिएको प्रति आक्रोश पोखे।

स्थानीय र प्रदेशमाथि केन्द्रकै हस्तक्षेप

सोमबार, ०४ असार २०७५

मुलुकमा स्थापित तीन तहका सरकारका आ–आफ्नै क्षेत्राधिकार कायम गरिएको भए पनि विकासे योजनामा भने तल्ला दुई सरकारमाथि संघीय सरकार हस्तक्षेपकारी भूमिकामा देखिएको छ। वडा तहले छनोट गर्नुपर्ने सामान्य विकास निर्माणका योजनासमेत केन्द्रीय सरकारले ‘ससर्त’ योजनाका रूपमा चयन गरेको छ। अब प्रदेश सरकारले उपल्लो सरकारले ससर्त पठाएका यस्ता वडा तहका योजनासमेत कार्यान्वयन गर्नैपर्ने हुन्छ।

विकासका नाममा विनाश

शनिबार, ०२ असार २०७५

मनपरी तरिकाले जिल्लाका नदीनालाबाट बालुवा र ढुंगा झिक्न थालिएपछि ‘माथिको आदेश’ भन्दै जिल्ला प्रशासन कार्यालयले रोक लगायो। दुई साताअघि जिल्ला प्रशासन कार्यालयले नदी दोहनमा लगाएको रोक दुई दिनभन्दा बढी टिक्न पाएन। उत्खनन नगर्न आदेश दिएको दुई दिनमै सर्वपक्षीय बैठक बस्यो। बैठकमा स्थानीय स्रोत संरक्षण र सदुपयोगको अधिकार पाएका स्थानीय तह (सरकार) हरुले ‘माथिको आदेश पालना नगर्ने’ अड्डी कसे। स्थानीय सरकार प्रमुखहरूको यो अडानका कारण नदी उत्खननमा लगाइएको रोक खुलाइयो। सर्वसम्मतिबाट नदी उत्खनन खुला गर्ने निर्णय भयो।

हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

शुक्रबार, ०१ असार २०७५

बलात्कार मुद्दामा थुनामा रहेका एक युवकको बारेमा स्थानीय र प्रहरीबीच झडप हुँदा गढवामा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका छन्। बलात्कार मुद्दामा थुनामा रहेका युवकको बारेमा जानकारी लिन गढवा स्थित ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि झडप भएको स्थानीयले बताएका छन्।

दाङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३२ घाइते

शुक्रबार, २५ जेठ २०७५

दाङमा शुक्रबार विहान रात्रीबस दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

फोरम लोकतान्त्रिक समूहले खाेल्यो छुट्टै पार्टी

बिहिबार, २४ जेठ २०७५

तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन् ।

‘अब डिजिटल कांग्रेस’

मङ्गलबार, २२ जेठ २०७५

संगठनलाई चुस्त बनाउन नेपाली कांग्रेसलाई ‘डिजिटलाईज्ड पार्टी’ बनाउने तयारी थालिएको छ। पार्टीका हरेक गतिविधीलाई प्रविधीका माध्यमबाट कार्यकर्ता माँझ पुर्याउनुका साथै प्रविधीकै माध्यमबाट मत संकलन गर्ने रणनीतिमा कांग्रेस रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

स्वरूप फेरियो, शैली उस्तै

मङ्गलबार, २२ जेठ २०७५

घोराही बैंक रोडस्थित सडक कालोपत्रेको काम भइहेको थियो। घोराही उपमहानगरपालिकाले गर्न थालेको सडक कालोपत्रेको काम देखेर स्थानीय अचम्मित थिए। एक स्थानीय भन्दै थिए, ‘किन पिच गर्नु परेको होला?’ स्थानीयले सडक कालोपत्रे गर्दा अचम्म मान्नुको कारण थियो, सो सडकमा कालोपत्रेमाथि कालोपत्रे थपिँदै थियो। सडक मर्मतका नाममा उपमहानगरपालिकाले उक्त सडकमा कालोपत्रे थपिरहेको थियो।

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

मङ्गलबार, १५ जेठ २०७५

२०६१ सालको गर्मीयाममा शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा वितरित दूषित पानीका कारण झाडापखाला फैलियो। झाडापखालाबाट तीनजनाले ज्यान गुमाए, झन्डै चार सयको हाराहारीमा बिरामी परे। माइलीपानी मुहान व्यवस्थित नहुँदा धारामा दूषित पानी वितरण भएको थियो। १४ वर्षपछि पातेटाकुरामा फेरि दूषित पानी वितरण हुँदा पहिलेझैं प्रकोप फैलिएको छ।

रोकिएन पश्चिम दाङको झाडापखाला, बिरामी संख्या १२ सय पुग्यो

सोमबार, १४ जेठ २०७५

शनिबारदेखि पश्चिम दाङमा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण आइतबार बेलुकासम्म बिरामी हुनेको संख्या एघार सय ७३ पुगेको शान्तिगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिए। सिंगो गावैँभरी फैलिएको झाडा पखालाका कारण मानवीय क्षेतीभने भएको छैन। ‘बिरामीहरु थपिने क्रम अधिक छ’, उनले भने, ‘तर मानवीय क्षेती भने अहिलेसम्म भएको छैन।’

पश्चिममा झाडापखाला प्रकोप : बिरामी संख्या हजार नाघ्यो

आइतबार, १३ जेठ २०७५

पश्चिम दाङमा फैलिएको झाडापखाला झन पछि झन विकराल बन्दै गएको छ । शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या १ हजार नाघेको छ ।

बिरामी संख्या झण्डै ६ सय पुग्यो

आइतबार, १३ जेठ २०७५

दुषित पानीका कारण पश्चिम दाङको शान्तिनगरमा फैलिएको झाडा पखालाले ठूलो रुप लिइरहेको छ। अहिलेसम्म बिरामीको संख्या झण्डै ६ सय पुगेको छ । शान्तिनगर गाउँपालिका स्वास्थ्य चौकीका प्रमुख हरि पुनका अनुसार अहिले सम्म त्यहाँ बिरामीको संख्या ५ सय ७९ पुगेको छ ।

बिरामीको संख्या ४ सय ३९ पुग्यो

आइतबार, १३ जेठ २०७५

पश्चिम दाङमा झाडापखालाका बिरामीहरुको संख्या बढिरहेका छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या ४ सय ३९ पुगेको छ।

झाडापखालाले चार सय बिरामी

आइतबार, १३ जेठ २०७५

पश्चिम दाङस्थित शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ। दूषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय बिरामी परेका छन्। शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ बिरामी उपचारका लागि पुगेका छन्। बिरामी हुनेमा अधिकांश महिला छन्। ‘अहिलेसम्म ३ सय ८४ जना झाडापखालाका बिरामी उपचारका लागि आएका छन्,’ स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, ‘बिरामी आउने क्रम जारी छ।’

लापरवाही गर्ने दुई ठेकेदार पक्राउ

बिहिबार, १० जेठ २०७५

सडक निर्माणमा लापरवाही गरेको भन्दै दाङका दुई निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

मङ्गलबार, ०८ जेठ २०७५

तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ।

प्रभुुका नाममा धर्म परिवर्तन

सोमबार, ३१ बैशाख २०७५

शनिबार बिहान घोराहीस्थित अनन्त झरी मण्डली परिसरमा हुलका हुल प्रभुका अनुयायीको जमघट बाक्लिँदै थियो। प्रत्येक शनिबार प्रभुको पाठ गर्ने नियमित कर्मअनुसार यहाँका हरेक चर्चमा यो दिन अनुयायीको जमघट हुन्छ।

थरीथरीका ‘प्रभुका अनुयायी’

बिहिबार, २७ बैशाख २०७५

लीलबहादुर घर्ती लमहीस्थित प्रशंसा चर्चका पास्टर हुन् । उनै पास्टरको लमहीस्थित घरमा केही दिनअघि ‘प्रभुका अनुयायी’ को एक हुल पुग्यो । उनीहरु सबै विदेशी थिए । घरभित्र पस्न खोजेका उनीहरुलाई घर्तीले लखेटे । प्रभुका अनुयायीलाई किन लखेटियो ? घर्तीले भने, ‘उनीहरु प्रभुको नाममा हामीलाई आक्रमण गर्न आएका गलत व्यक्ति थिए।’

आफ्नालाई बजेट, अर्काका योजना रोक्का

मङ्गलबार, २५ बैशाख २०७५

स्थानीय तहले योजना सम्झौता र बजेट विनियोजन गर्दा सम्बन्धित ठाउँको आवश्यकता र प्राथमिकतालाई आधार बनाउनुपर्ने हो। तर दाङमा स्थानीय तहका जनप्रतिनिधिलेआफू र सम्बद्ध दललाई भविष्यमा नाफा/घाटा लेखाजोखा गरेरमात्र योजना सम्झौता र बजेट विनियोजन गरिरहेका छन्। राजनीतिक लाभहानि हेरेर कतिपय ठाउँमा त जनप्रतिनिधिले नै भइसकेका सम्झौता कार्यान्वयन हुनसमेत नदिएको पाइएको छ।

‘प्रभु’ को राज्य !

मङ्गलबार, २५ बैशाख २०७५

लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य ।’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाबइल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो ।