"

मदन ठाकुर

गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर

बिहिबार, ०७ असार २०७५

आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण परिवारको भान्छालाई धुवामुक्त बनाउने अभियानको क्रममा रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्।

बालक हत्या आरोपमा प्रहरी र शिक्षक पनि अनुसन्धानमा तानिए

बिहिबार, ३१ जेठ २०७५

गत शनिवार राति रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाबाट अपहरण गरी आइतवार राति हत्या गरिएका १२ वर्षीय बालक सन्नी देवल भन्ने युवराज साहको हत्याको आरोपमा एकजना प्रहरी र एकजना शिक्षक पनि अनुसन्धानमा तानिएका छन्।

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

मङ्गलबार, २९ जेठ २०७५

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका १२ बर्षिय वालक युवराज साहको अपहरण पछि भएको हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ।

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

सोमबार, २८ जेठ २०७५

१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

सोमबार, २८ जेठ २०७५

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

छोरीकाे हत्या गरी आमाबावु फरार

आइतबार, २७ जेठ २०७५

रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुरमा एक दम्पत्तीले आफ्नै छोरीको हत्या गरी फरार भएका छन्।

रौतहटमा डाक्टरको छोरा अपहरित

आइतबार, २७ जेठ २०७५

रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साह अपहरणमा परेको परिवारजनले जनाएका छन्।

रौतहटमा आमाछोराको शंकास्पद मृत्यु, प्रहरी पुग्दा परिवारका सदस्य फरार

शनिबार, २६ जेठ २०७५

रौतहटमा आमा छोराको शंकास्पद मृत्यु भएको छ। स्थानीय माधवनाराया नगरपालिका वडा नम्बर १ दिपहीका नागेन्द्र यादवको ३० बर्षीया श्रीमती मरिता यादव र उनका ४ बर्षीय छोरा रामन यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ।

गर्मीले रौतहटको जनजीवन प्रभावित

शनिबार, २६ जेठ २०७५

चर्को घामसँगै एक्कासी बढेको गर्मीले रौतहटको जनजिवन प्रभावित बनेको छ ।

राहत नपाएपछि स्थानीयले वडाध्यक्ष र सचिवलाई कार्यालयमै थुने

बुधबार, २३ जेठ २०७५

गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन्। बाढीबाट प्रभावित बनेकाहरुको नाम हटाएर गैरपीडितलाई राहत दिन सिफारिस गरेको आरोपमा दुर्गा भगवती गाउँपालिका २ का बासिन्दाले बडा अध्यक्ष र वडा सचिवलाई कार्यालयमै थुनेका हुन।

पचास हजार घुस सहित सर्लाहीका हाकिम पक्राउ

बुधबार, २३ जेठ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

मुख्यमन्त्री राउतको आक्रोश : कसले ढाल्छ मेरो सरकार ? (भिडियाे)

मङ्गलबार, २२ जेठ २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

गाई तस्करीको जालो भत्काउँदै रौतहट प्रहरी

सोमबार, २१ जेठ २०७५

रौतहटको विभिन्न नाका भएर सीमावर्ती भारतीय बजारतर्फ अवैध रुपमा भइरहेको राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक रौतहट प्रहरीले सक्रियताका साथ तस्करीको जालो नै भत्काउन थालेको देखिएको छ।

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

सोमबार, २१ जेठ २०७५

गत साउनमा रौतहटमा आएको भीषण बाढीबाट पीडितलाई तत्काल राहत दिनका लागि आएको करोडौं रुपैयाँ फ्रिज हुने अवस्थामा पुग्न लागेको छ । बाढीबाट देशमै सबैभन्दा बढी जनधनको क्षति भएको रौतहटमा अति प्रभावितका लागि आएको करोडौं रुपैयाँ सम्बन्धित पीडितसम्म पुग्न नसकेर फ्रिज हुन लागेको देखिएको छ।

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

मङ्गलबार, १५ जेठ २०७५

गत वर्ष लालबकैया नदीमा आएको विनासकारी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण भइरहेको छ । बाढीले नदीको दुवैतिरका संरचनाहरु भत्काएको करिब १० महिनापछि निर्माण कार्य सुरु भएको छ।

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

सोमबार, १४ जेठ २०७५

गत बर्ष लाल बकैया नदीमा आएको विनाशकारी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण भइरहेको छ। बाढीले नदीको दुवै तिरका संरचनाहरु भत्काएको करिब १० महिनापछि निर्माण कार्य सुरु भएको छ।

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

आइतबार, १३ जेठ २०७५

साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

भोजपुरी सिनेमाका स्टारहरुको जमघट

आइतबार, १३ जेठ २०७५

रौतहटको गरुडामा शनिबार साँझ भएको गरुडा सांस्कृतिक कार्यक्रममा भोजपुरी सिनेमाका प्रसिद्ध कलाकारहरुको जमघट भएको छ। साढे दुई सयभन्दा बढी भोजपुरी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी रानी चटर्जी, आइटम गर्ल सीमा सिंह तथा अन्य कलाकारहरुको जमघट भएको हो।

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

शनिबार, १२ जेठ २०७५

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले भुक्तानी नदिँदा उखु किसान मारमा परेका छन्। हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको उद्योगले समयमा किसानलाई भुक्तानी नदिँदा निकै समस्यामा परेको किसानहरु बताउँछन्।

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

शुक्रबार, ११ जेठ २०७५

एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।