"

अर्जुन ओली

सञ्चारकर्मी अनुपाको ‘रहस्यमय’ निधन

मङ्गलबार, ०५ असार २०७५

नेपालगन्जमा क्रियाशिल सञ्चारकर्मी अनुपा सिंह राजवंशीको ‘रहस्यमय’ निधन भएको छ। स्थानीय बागेश्वरी टेलिभिजनकी समाचार वाचिका रहेकी उनको नेपालगन्जस्थित एक होटलमा आयोजित पुल पार्टीमा सोमबार राती नृत्य गरिरहेको अवस्थामा निधन भएको हो।

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

आइतबार, ०३ असार २०७५

सरकारले मुलुकका ७ वटा सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने भएको छ। आगामी साउन पहिलो साताभित्र ती शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिए। मेगा सिटीमा नेपालगन्ज शहर पनि पर्ने सम्भावना रहेको उनले बताए।

प्राथमिकतामा ‘मेलमिलाप’

आइतबार, ०३ असार २०७५

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको छ। मुद्दाको प्रकृितअनुसार समितिले ‘मेलमिलाप’लाई पहिलो प्राथमिकतामा राखेको छ। नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक उमा थापा मगर मेलमिलापलाई बढी प्रोत्साहन दिनुपरेको बताउँछिन्। ‘दुवै पक्षलाई सहमति गरायो भने विवाद समाधान हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर मेलमिलापलाई बढी जोड दिएका छौं।’

पुनर्बहाली हुन निलम्बित कर्मचारीको सक्रियता

बिहिबार, ३१ जेठ २०७५

पुर्नबहाली हुन कोहलपुर नगरपालिकाका निलम्वित कर्मचारी ढालबहादुर डाँगीले सक्रियता देखाएका छन्। सेवाग्राहीबाट घुस लिएको आरोपमा २०७३ मंसिर ८ गते नगरपालिकाका मुखिया डाँगी र मध्यस्थता संयोजक दुर्गालाल बिश्वकर्मालाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले पक्राउ गरेको थियो।

कांग्रेसलाई जरैबाट परिवर्तन गरौंं : प्रवक्ता शर्मा

शुक्रबार, १८ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई जरैबाट परिर्वतन गरेर नयाँ उचाईमा पुर्‍याउनुपर्ने बताएका छन् । यसका लागि पार्टीलाई नयाँ खालको उर्जा आवश्यक रहेको धारणा राखे।

नयाँ अभियानका साथ जनतामा जान्छौं : रामचन्द्र पौडेल

शनिबार, ०५ जेठ २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ अभियान लिएर जनताको बीचमा जाने बताएका छन्। विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले जनता समक्ष पुर्‍याउने अभियान कांग्रेसले सञ्चालन गर्ने उनको भनाई छ।

अहंकारको वृक्षमा विनाशको फल नलागोस्

शनिबार, ०५ जेठ २०७५

रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वलाई अहंकार नपाल्न सुझाव दिएका छन्। शर्माले ठुला दुई कम्युनिस्ट पार्टीबीचको एकताले लोकतन्त्र बलियो बनाउन मद्दत पु-याउने टिप्पणी गर्दै भने, ‘तर दम्भ जन्म्यो भने त्यसले विनाश निम्त्याउँछ।’

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

बुधबार, ०२ जेठ २०७५

अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

शनिबार, २९ बैशाख २०७५

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

शुक्रबार, २८ बैशाख २०७५

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा बम विस्फोट

शनिबार, २२ बैशाख २०७५

बाँकेको गनापुरमा रहेको कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा अज्ञात समूहले बम विस्फोट गराएको छ। शुक्रबार राति १२ बजेतिर अज्ञात समूहले बम फिस्फोट गराएको प्रहरीले जनाएको छ।

नरैनापुरमा आगलागी हुँदा १६ घर जले

बुधबार, १९ बैशाख २०७५

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १६ वटा घर जलेका छन्। नरैनापुर गाउँपालिका–६ स्थित जमुनी गाउँमा बुधबार मध्यान्ह आगलागी भएको हो। उक्त आगलागीबाट १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक रामअवतार चौधरीले जानकारी दिए। बालबालिकाले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगो घरमा फैलिएको उनले बताए।

‘यसपालि पनि बाढी आउला, कसरी बाँच्ने होला?’

मङ्गलबार, १८ बैशाख २०७५

राप्ती नदीको बाढीले विस्थापित गरेको आठ महिना पूरा भइसकेको छ। तर, शमशेरगन्ज निवासी फिरिया चौधरीको घर अझैपुनर्निर्माणभएको छैन। फेरि बाढी पस्ने त्रासले उनको परिवारले घर पुनर्निर्माण हो। ‘अहिलेसम्म भत्केकै घरमा गुजारा चलाईरहेका छौं,’ उनले नागरिकसँग भनिन् ‘बर्खा नजिक आउँदैछ, फेरि पनि बाढीले सताउने त होला!’२०७१ सालदेखि गाउँमा लगातार बाढी पस्दै आएको उनले सुनाइन्।

नक्सांकन विवादले हुलाकी सडकको काम रोकियो

मङ्गलबार, १८ बैशाख २०७५

सरकारको उच्च प्राथमिकतामा निर्माणाधीन हुलाकी सडकको नेपालगन्ज–बघौडा सडकको काम नक्सांकन विवादका कारण रोकिएको छ।

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

आइतबार, १६ बैशाख २०७५

नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। नेकपा एमाले र माओबादी केन्द्रलाई दक्षिणपन्थी कम्युनिष्ट पार्टीको संज्ञा दिदै उनले आफ्नो पार्टीसहित केही क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच नयाँ ध्रुविकरण र एकता हुने स्पष्ट पारे।

हुलाकी सडकका नाममा राप्ती दोहन

शनिबार, १५ बैशाख २०७५

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५/५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।

प्रतिबन्धित खेसरीको दाल बरामद

शुक्रबार, १४ बैशाख २०७५

सरकारले प्रतिबन्ध लगाएको खेसरीको ठूलो परिमाणको दाल बाकेको कोहलपुरबाट बरामद गरिएको छ।

मनै लोभ्याउने ढकेरी वनस्पति उद्यान

बिहिबार, १३ बैशाख २०७५

पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित वनस्पति उद्यान। जसको सुगन्धले जो कोहीको मन लोभ्याउँछ। त्यही भएर पनि यहाँ नपुगेका ब्यक्ति कमै मात्रामा भेटिन्छन्। नेपालगन्ज उपमहानगरपालिकाबाट करिव २६ किमी टाढा पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित दक्षिणतर्फ स्थापित रहेको छ, यो उद्यान।

‘डन’ रिगलसहित १४ जनालाई दोषी ठहर

मङ्गलबार, ११ बैशाख २०७५

नेपालगन्ज स्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा १४ जनालाई बाँके जिल्ला अदालतले दोषी ठहर गरेको छ। उक्त मुद्दामा मुख्य दोषी ठहर गर्दै नेपालगन्ज देवाफुलबारी निवासी रिगल ढकाललाई अदालतले ‘सर्वश्वसहित जन्मकैद’को फैसला सुनाएको छ। सोही घटनामा संलग्न रहेको ठहर गर्दै अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैद सजाय सुनाएको छ।

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

सोमबार, १० बैशाख २०७५

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणीमोड स्थित सोनु राई ज्वैलर्सबाट प्रहरीले ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद गरेको छ । कुनैपनि सरकारी निकायमा दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले नागरिकलाई जानकारी दिए ।