"

राजु अधिकारी

रोजगार केन्द्रित बजेट ल्याउने तयारी

शुक्रबार, १८ जेठ २०७५

संघीय सरकारले ‘केन्द्रीकृत मानसिकता’ प्रेरित बजेट ल्याएको भन्दै असन्तोष प्रकट गरिरहेको प्रदेश १ को सरकारले प्रदेशको न्यून रोजगारी र छद्म बेरोजगारी समस्या समाधान गर्नेगरी बजेट ल्याउने घोषणा गरेको छ। असार १ मा प्रदेशको बजेट ल्याउने तयारीमा जुटेको सरकारले बिहीबार सुरु संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गर्दै यस्तो घोषणा गरेको हो।

फिल्ड अफिस हटाउन भारतको आनाकानी

मङ्गलबार, १५ जेठ २०७५

विराटनगरको फिल्ड अफिस हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन। उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन्।

विराटनगरमा के गर्छ फिल्ड अफिस ?

सोमबार, ०७ जेठ २०७५

२०६५ सालमा कोसी नदीमा आएको बाढीलगत्तै विराटनगरमा स्थापना भएको भारतीय दूतावासको फिल्ड अफिस ‘नेपालमा भारतीय हस्तक्षेप बढेको प्रमाण’ बनेर बारम्बार विवादमा आउने गरेको छ।

स्वार्थको बन्धनमा राजधानी मुद्दा

आइतबार, ०६ जेठ २०७५

सत्तारुढ दलभित्रैको फरक मत, निर्णय गरेर अप्रिय हुनुभन्दा अनिर्णयमै रहेर लोकप्रिय रहिरहने सरकारी लोभ लगायतका कारणले प्रदेश १ को स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ। उच्च तहका नेताहरु सार्नै नखोज्ने तर प्रदेशसभाका अधिकांश सांसद भने विराटनगरबाट जसरी पनि सार्ने कसरतमा लागेकै कारण प्रदेश १ को स्थायी राजधानी तोक्ने विषय जटिल हुँदै गएको हो।

प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन

बिहिबार, २७ बैशाख २०७५

११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद् अधिवेशन बुधबार सकिएको छ ।

श्रीनिवास गोली काण्ड : आचार्य आफैँले गोली हान्न लगाएको खुलासा

सोमबार, २४ बैशाख २०७५

धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको छ।  गत चैत २५ गते विहान १ बजे मोरङको विराटनगर १४स्थित रामजानकी मन्दिर परिसरमा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि हालसालै घर फर्केका थिए।

समृद्धि सपना : निदाउने कि जाग्ने?

शुक्रबार, १४ बैशाख २०७५

२०७४ माघ ७ गते दिउँसो। विराटनगरस्थित वीरेन्द्र सभागृहमा उपस्थित प्रदेश १ का सांसदहरुको मुहारमा उत्साहको अनुपम चमक थियो । प्रदेशसभामा चुनिएर पद तथा गोपनीयताको सपथ लिँदै गर्दाको त्यो क्षण उनीहरुको व्यक्तिगत जीवनका लागि मात्रै महत्वपूर्ण थिएन।

‘वाम घोषणापत्रमा’ आधारित  प्रदेश सरकारको पहिलो बजेट

बिहिबार, २९ चैत २०७४

खुला रुपमा ‘वाम गठबन्धनको घोषणापत्र अनुरुप’ आएको  घोषणा गर्दै प्रदेश १ को सरकारले बिहीबार १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

संसद् भवन असुरक्षित

आइतबार, ०४ चैत २०७४

संसद् सचिवालयले जिल्ला समन्वय समिति र संसद् कार्यालय एकै भवनमा हुँदा सुरक्षा चुनौती बढेकाले जिससलाई अन्यत्र सार्न प्रदेश सरकारसँग माग गरेको छ।

ओली सरकार र पार्टी दुवैमा  शक्तिशाली बन्दै

शनिबार, २६ फागुन २०७४

केपी ओलीको सत्तारोहणसँगै नेता माधव नेपाल पनि संस्थापनतिरै लहसिन थालेपछि प्रदेश १ मा ओली  विरोधी समूह थप दबाबमा छ।

सयदिने महत्त्वकांंक्षी कार्यक्रम घोषणा

बुधबार, २३ फागुन २०७४

वार्षिक नीति तथा कार्यक्रमको झल्को दिने गरी  प्रदेश नम्बर १ को सरकारले मंगलबार सयदिने महत्त्वकांक्षी योजना सार्वजनिक गरेको छ । सरकार सञ्चालनका लागि आवश्यक कानुन बनिनसकेको, कर्मचारी व्यवस्थापन हुन नसकेको तथा अन्य दर्जनौं प्रारम्भिक अप्ठ्यारा भोगिरहेको प्रदेश सरकारले एक सय १८ बुँदे कार्यक्रम घोषणा गरेको हो । सरकारले यही कार्यक्रमको ‘गाइडलाइन’ मा प्रदेश सञ्चालन हुने जनाएको छ।

कांग्रेसका प्रवक्ताकाे माइन्युटमा चलेको परिवार

शुक्रबार, ११ फागुन २०७४

सुख खोज्दै भौँतारिनेहरु अक्सर दुःखको भवसागरमै डुबिरहेका हुन्छन् तर खुशीको खोजीमा रहेकाहरुलाई भने रमाउन कुनै ठूलो बहाना चाहिन्न । साना–साना उपलब्धिले नै खुसी हुने आधार तयार पारिदिन्छन् ।

ओलीसँग जनताको समृद्धि अपेक्षा

शुक्रबार, ०४ फागुन २०७४

जति बेला केपी शर्मा ओलीको राजनीतिक जीवन सुरु हुँदै थियो, उनी र उनको परिवार झापामा चरम गरिबीको पीडाले सताएको अवस्थामा थियो । तेह्रथुमबाट झापा झरेर शरणामतीमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कन्काईको बाढीले बगाएपछि ओलीको परिवार लगभग सुकुमवासीको हैसियतमा झरेको थियो।

अप्रमाणित औषधि धमाधम भित्रँदै

मङ्गलबार, ०१ फागुन २०७४

मानव तस्करलाई धन्दा चलाउन सजिलो बहाना बनेका भारतीय नेटवर्किङ व्यापार अब नेपालमा अवैध रुपमा औषधि भित्र्याउने माध्यम पनि बनेका छन् । लागुऔषधदेखि मानव तस्करीसम्मको धन्दा चल्दै आएको पूर्वी सीमा नाकाबाट पछिल्लो समयमा औषधिको अवैध कारोबार पनि फष्टाएको छ ।

भान्सा–भान्सामा विषादीयुक्त तरकारी

शुक्रबार, २६ माघ २०७४

भारतबाट नेपाल भित्रिरहेको तरकारीमा विषादी मात्रा अत्यधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् । सीमा नाकाबाट परीक्षण बेगरै नेपाल भित्रिरहेको तरकारी बजारमा पुगेपछि परीक्षण गर्दा अधिकांशमा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

‘तावाबाट उम्केर भुंग्रोमा’

आइतबार, २१ माघ २०७४

घरमा भोगिरहेको हिंसाबाट जोगिन वैदेशिक रोजगारीमा गएका महिला विदेशमा झनै ठूलो यातनाको सिकार बन्दै फर्किन बाध्य छन् । विदेशमा सहेको यातना र दुव्र्यवहारको पीडाले धेरैको जीवन थप बर्बादीतिर गएको छ । कोही भने लामो समयदेखि सम्पर्कविहीन हुँदा उनीहरुको घरबारसमेत भताभुंग बनेको छ।

भारतीय अवरोधपछि नेपाली अदुवा बंगलादेश

बिहिबार, १८ माघ २०७४

निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् । निर्यातकर्ता व्यापारीको पहलमा झन्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

अदुवामा ‘कोटा’ निर्धारण गर्ने भारतीय तयारी

मङ्गलबार, १६ माघ २०७४

भारतले नेपालबाट आयात हुने अदुवामा ‘कोटा’ निर्धारण गर्ने तयारी थालेको छ । अहिलेसम्म बेहिसाब रुपमा भारतीय बजार आइरहेको नेपालको अदुवा छिट्टै सीमित परिमाणमा मात्रै आउने प्रावधान बन्न लागेको हो । अदुवा आयातकर्ता भारतीय व्यापारीहरुले नयाँ सरकारी तयारीको पुष्टि गरेका छन् ।

बहाना ‘भारतीय कम्पनी’, गन्तव्य कुवेत

सोमबार, १५ माघ २०७४

नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ । भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार: भारतको भाँजोले सधैँ झमेला

बिहिबार, ११ माघ २०७४

मुखले सधैँ व्यापार प्रवद्र्धनको कुरा उठाउने तर व्यवहारमा भने त्यसको ठीक विपरित कदम चाल्ने भारतीय व्यवहार  द्विपक्षीय व्यापार कारोबारको मुख्य बाधक बनिरहेको छ । पछिल्लो समयमा अदुवाको निकासीमा रोक लगाउनु त्यही व्यवहारको नयाँ संस्करण हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।