"
पवित्रा सुनार

पवित्रा सुनार

परिश्रमले उद्यमी बनेका महिला

शुक्रबार, ०८ असार २०७५

सल्यानकी ३२ वर्षीया हन्ना ताम्राकारलाई पाँच बर्ष अघिसम्म परिवारको आर्थिक गुजारा चलाउन मुस्किल थियो । उद्यमी बनेपछि उनको जीवनमा पुरै परिवर्तन भएको छ।

योग गरे स्वस्थ, नगरे रोग

शुक्रबार, ०८ असार २०७५

शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ। योग साधनाले भरिपूर्ण व्यक्ति मात्र परिवार, समाज र विश्वमा सुखी रहने योग गुरुहरुले बताएका छन्।

मिजारकाे शव दुई वर्षदेखि अस्पतालमै

मङ्गलबार, ०५ असार २०७५

दुई वर्षअघि मारिएका काभे्र होक्से–३ का १८ वर्षीय अजित ढकाल मिजारका आमाबावुले न्याय नपाएसम्म छोराको शव नबुझ्ने बताएका छन्। बुधवार नागरिकस“ग बोल्दै मिजारका पिता हरिभक्त ढकाल मिजारले नागरिकसँग भने, ‘हामीलाई सरकारले न्याय दिएन, न्याय नपाएसम्म छोराको शव बुझ्दैनौं।’

प्रदूषणले आँखाको दृष्टि गुम्दै

सोमबार, ०४ असार २०७५

काठमाडौंमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै आँखा विज्ञहरुले बताएका छन्। आँखा चिलाउने, आँखा रातो हुने, आँखामा आँसु आउने, सीधै घाममा हेर्न गाह्रो हुने, विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुक्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने र पूरै दृष्टि गुमेको आँखा विशेषज्ञहरुले औंल्याएका छन्।

स्वस्थ रहन कार्बाेहाइड्रेट कति खाने ?

शनिबार, ०२ असार २०७५

आफ्नो नियमित खानामा तपाईंले कार्बाेहाइड्रेटयुक्त खाना कतिको समावेश गर्ने गर्नुभएको छ ? अर्थात् खानामा चामल, मैदा, पीठो, आलु, फापर, कोदो, मकैजस्ता खानेकुरा आवश्यकभन्दा बढी खाइरहनु भएको त छैन ? यदि खाइरहनु भएको छ भने स्वास्थ्यमा असर पुर्याउला, होस् गर्नुहोस् !

दलित आयोग दस महिनादेखि पदाधिकारीविहीन

शुक्रबार, ०१ असार २०७५

राष्ट्रिय दलित आयोग महिनौंदेखि पदाधिकारीविहीन छ। दुई वर्षदेखि पालैसँग आयोगका पदाधिकारीको पदावधि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको हो। पदावधि सकिएका पदाधिकारीको ठाउँमा नयाँ नियुक्ति हुन सकेको छैन।

गर्मीले ज्वरोका बिरामी बढे

बुधबार, ३० जेठ २०७५

गर्मी र मनसुन बढेसँगै अस्पतालमा ज्वरोका बिरामी बढेको छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत २० जना ज्वरोको बिरामी आउने गरेका छन् भने राजधानीर्क हेल्पिङ ह्यान्डस अस्पतालमा दैनिक १५ ज्वरोका बिरामी आइरहेका छन्। अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा समुदायमै ज्वरोको समस्या फैलिँदै गएको हुनसक्ने चिकित्सकहरुको अनुमान छ।

विद्यार्थीमा बढ्दै चुरोटको लत

शनिबार, २६ जेठ २०७५

पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

बिहिबार, २४ जेठ २०७५

जेठेको तेस्रो साता जनकपुरका सात वर्षीय आलोक यादव बिरामी परे । पेट फुल्ने, ज्वरो आउने हुँदै दिसा–पिसाब रोकियो । बिरामी हुनेवित्तिकै उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।

जातीय छुवाछूत मुक्ति घोषणामै सीमित

बुधबार, २३ जेठ २०७५

अन्तरिम संसद्ले २०६३ सालमा नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सोमबार ११ वर्ष पूरा भएको छ। सोही अवसरमा छुवाछूतको उत्पीडन महसुस गरेका विभिन्न समुदायले कार्यक्रम गरेर ऐतिहासिक दिनलाई सम्झँदै थिए। तर, यति नै बेला संघीय समाजवादी फोरम नेपालकी सांसद कलुदेवी विश्वकर्मालाई भने अर्कै पिरलो थियो। एक महिनासम्म डेरा खोज्दा कतै नपाएको पिरलो उनले सोमबारको संसद बैठकमा राखिन्। उनले भनिन्, ‘मैलै राजधानीमा छुवाछूतका कारण एक महिना डेरा खोज्दा पनि पाइनँ, गाउँको अवस्था के होला?’

महिनावारीमा प्याडको विकल्प कप

सोमबार, २१ जेठ २०७५

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

‘बाकसमा आउने शवको गीत गाउन नपरोस्’

शुक्रबार, १८ जेठ २०७५

उल्लेखित गीति अंश गत साताअघि सार्वजनिक भएको म्युजिक भिडियो ‘बोल माया’को हो। लोक गायक तथा कलाकार प्रकाश सपूतले रचेको यो गीत अहिले चर्चामा छ। गीतको रेकर्डिङ तथा म्युजिक भिडियोको निर्देशन स्वयं सपुतकै छ। गीतमा सपूत, नारायण रायमाझी र शान्ति श्री परियारको स्वर छ।

देशभरका अस्पताल सफाई अभियान चलाइने

शुक्रबार, १८ जेठ २०७५

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालसहित देशभरका सरकारी अस्पताल सफा र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताएकी छिन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेकी हुन्। ‘वीर अस्पतालबाट अभियान सुरु भएको छ, केही समय लाग्ला तर देशभरका सरकारी अस्पताल सफा गर्छौं,’ उनले भनिन्।

उधारोमा अस्पताल चम्काउँदै धुर्मुस

बुधबार, १६ जेठ २०७५

वीर अस्पतालको एउटा कोठा । कोठाभरी बाल्टिन, जग र डस्विनको चाङ । कोठाको बीचतिर एउटा टेबल र टेबुल दायावायाँ दुई कुर्सी । सो कोठा वीर अस्पताल सफाइका लागि सक्रिय धुर्मुस–सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइएको हो । त्यहीँ खटिइरहेका छन्, हास्य कलाकार सीताराम कट्टेल।

कतै तपाईंलाई फिस्टुला त छैन ?

बिहिबार, १० जेठ २०७५

गुल्मीकी ४० वर्षीया विमला शर्मालाई पिसाब चुहिने समस्याले सताएपछि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएकी छिन् । अस्पतालले शर्माको केही दिनमै शल्यक्रिया गर्ने तयारी गरेको छ ।

भिटामिन ‘डी’ कमीको समस्या बढ्दै

सोमबार, ०७ जेठ २०७५

जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ।

राजधानीमा बाह्रै महिना टाइफाइड

शनिबार, ०५ जेठ २०७५

गर्मी मौसममा मात्र फैलिने टाइफाइड राजधानीमा बाह्रै महिना देखिने गरेको चिकित्सकले बताएका छन्। राजधानीमा बस्नेहरू बाह्रै महिना टाइफाइडको समस्या लिएर आउने गरेको उनीहरूको भनाइ छ। दिसा–पिसाब मिसिएको खाना तथा पानी खाएमा टाइफाइडको संक्रमण हुन्छ। दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन्। दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ। ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि लक्षण देखिन सुरु हुन्छ।

स्वास्थ्यका लागि योग–ध्यान गर्ने डाक्टर

शनिबार, ०५ जेठ २०७५

वीर अस्पतालको दोस्रो तल्लास्थित ‘लिभर युनिट’(कलेजो विभाग)को एउटा कोठा। अर्थात् विभाग प्रमुख डा. अनिल मिश्रको कार्यकक्ष। एउटा डाक्टरको कार्यकक्ष जस्तो हुन्छ भन्ने सोचेकी थिएँ, भित्र पसेपछि फरक अनुभव गरेँ।

रोकिएन विद्यार्थीको ठेउला

मङ्गलबार, ०१ जेठ २०७५

डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला)को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो। स्कुल तथा कलेजको १२ कक्षाभित्र पढ्ने उमेर समूहकालाई ठेउलाको संक्रमण फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताए।

सरुवा रोगबाट यसरी बचौं

शनिबार, २९ बैशाख २०७५

वैशाख महिनासंगै गर्मीै मौसम सुरु भएको छ । यो मौसम सरुवा रोगहरुको लागि अनुकुल मौसम पनि मानिन्छ । भाइरसदेखि जीवाणुहरु यसै मौसममा सक्रिय हुने भएकोले यो मौसममा बर्षेनी अनेकौं सरुवा रोगहरुको संक्रमण हुन्छ । नेपालको सन्दर्भमा सफाइको अभाव,जनस्वास्थ्यको सचेतनाको अभावको कारण नेपालमा अहिले पनि गर्मी मौसममा देखिने सरुवा रोगहरुको जोखिममै छ । गर्मी मौसममा सरुवा रोगको जोखिमबाट कसरी बच्ने भन्ने बिषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान बिभाग संयोजक डा.शेर बहादुर पुनसंगको संक्षिप्त कुराकानी।