"
विश्वमणि पोखरेल

विश्वमणि पोखरेल

काठमाडौं : सहर न सुविधा

बुधबार, ३० जेठ २०७५

प्राचीन कालमा मन्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो ।

काठमाडौं : न सहर, न सुविधा

बिहिबार, १७ जेठ २०७५

प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ ।

पति गायक, पत्नी गीतकार

बिहिबार, २० बैशाख २०७५

राजनीति र परिवार एक साथ चलाउनु सहज हुँदैन । अझ सम्भावनाले भरिएका प्रकाशशरण महतलाई त राजनीतिक करियर अझ सशक्तताका साथ अघि बढाउन ठूलो सहयोग र त्यागको आवश्यकता पर्छ । विनाले यिनै कुरा महसुस गर्दै आफ्नो लोभलाग्दो जागिर र करियरलाई किनारा लगाउँदै पति महतलाई सघाइरहेकी छन् ।

सगरमाथादेखि सागर सपना सन्दर्भ

बुधबार, १९ बैशाख २०७५

भारतको चाहना उच्च बाँध हो, त्यो उसले ६ दशकदेखि प्रत्यक्ष÷परोक्षरूपमा अघि सार्दै आएको हो । अहिले आएर भारतको त्यस्तो चाहना सम्बोधन गर्न ओलीका पानीजहाजी सपनाले जानेर वा नजानेरै भूमिका खेलेका छन् ।

दोस्रो पुस्ताको सङ्घर्ष: फरक देखिने रहर र पहिलो पुस्ता रिझाउने

सोमबार, २६ चैत २०७४

पहिलो पुस्ताले मिहिनेतसाथ खडा गरिदिएको आधारभूमिमा दोस्रो पुस्ताले अहिले गोडमेल, मलजल, विस्तार गरिरहेको छ । नयाँ पुस्ता खाली विदेशमा मात्र रमायो भन्नेहरूका लागि दोस्रो पुस्ताका केही मिहिनेती उदाहरण हेर्दा लाग्छ, नेपालमा नै केही गर्ने उत्साह अझै मरिसकेको छैन ।

राजनीतिको अंकगणित

बिहिबार, १५ चैत २०७४

कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावको बेला टिकट बाँड्ने समितिमा थिए र समानुपातिकको एक नम्बरमा बस्ने सहमति जनाए।

सहिदगेटका सालिक

शनिबार, १० चैत २०७४

फुटपाथमा फिँजाइएका बग्रेल्ती अखबारहरूले एउटै शीर्षकमा समाचार पस्किएका छन् थप हजारजना सहिद घोषणा ।

हजारौं बन्ध्याकरणको अनुभव

मङ्गलबार, ०६ चैत २०७४

बेलायतबाट काठमाडौं फर्किएपछि उनको प्रमुख काम भयो महिला बन्ध्याकरण । सुरुमा त्यसबेलाका डाक्टर कान्ति गिरीबाट तालिम लिएपछि उनलाई परिवार नियोजन कार्यक्रम अन्तर्गत देशका कुनाकाप्चामा पठाइयो । २०३१ सालदेखि २०४५ सालसम्मका १५ वर्षसम्म मुलुकका विभिन्न क्षेत्र चाहारेर महिलाको बन्ध्याकरण गरेको उनको अनुभव छ ।

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

शुक्रबार, १८ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपालमा जलविद्युत् विकासका निम्ति सधैं बहसमा ओर्लने व्यवसायी हुन् । हाइड्रो इन्जिनियर प्रधानले पुस्तैनी व्यापारलाई रूपान्तरण गर्दै जलविद्युत लगायतका क्षेत्रमा लगानी गरे । लामो समयदेखि जलविद्युत विकासका क्षेत्रमा समर्पित प्रधान हाइड्रो सोलुुसनका कार्यकारी अध्यक्ष हुन् ।

पाँच दशक लामो रोमान्टिक यात्रा

बिहिबार, १७ फागुन २०७४

नेपाली साहित्यमा कहलिएको नाम परशु प्रधान र बाल साहित्यमा धेरै कलम चलाएकी कल्पना प्रधान अहिले ७५ वर्षमा हिँड्दैछन् । वैवाहिक कारणले ५० वर्षअघि नै यो जोडीलाई क्रान्तिकारी मानिन्थ्यो । भोजपुरका नेवार परशु र अहिलेको खोटाङमा पर्ने मार्से बतासेका रेग्मीहरूकी चेली कल्पनाको विवाह त्यसबेला नै ठूलो सामाजिक फड्को थियो ।

प्रदेश २ मा हिन्दी कि नेपाली ?

शुक्रबार, ०४ फागुन २०७४

संघीय राजनीतिको प्रयोगमा नेपाल अघि बढ्दै छ । प्रदेश प्रमुखको मनोनयन, राजनीतिक दलका प्रदेश संसदीय दलका नेता चुनिँदै छन्, मुख्य मन्त्रीको चयन पनि हुन थालेको छ र धमाधम प्रदेश सभामुख, उपसभामुख चयन हुने क्रममा छ । केन्द्रमा प्रतिनिधिसभा बैठकको सुरसारसमेत नचलेका बेला प्रदेशहरूमा देखिएको सक्रियताबाट बुझ्न सकिन्छ, अहिले प्रदेश राजनीतिमा उत्साह छ ।

हजारौँ बालबालिकाका जीवनदाता: डा. मणिन्द्ररञ्जन बराल

बुधबार, १७ माघ २०७४

असीको उमेरमा हिँडिरहेका बाल चिकित्सक डा. मणिन्द्ररञ्जन बरालको डेढ दसक यताको परिचय प्राध्यापक हो र उनी काठमाडौं मेडिकल कलेज (केएमसी)को स्थापनाकालदेखि आबद्ध छन् ।

राजधानी : बिर्ता मनोविज्ञान

बिहिबार, ११ माघ २०७४

राजनीति सङ्लिँदै गएको हो ? प्रश्न गर्नुपर्ने अवस्था होइन । तीनवटै तहका निर्वाचन सम्पन्न भएर संघीय गणतन्त्र कार्यान्वयनमा गएको अहिलेको अवस्थामा । संघीयताको नयाँ प्रयोगमा छौँ हामी । प्रदेशसभाका सदस्यहरूले हालै शपथ खाएका छन् । प्रदेश प्रमुख तोकिएका छन् र प्रदेशका अस्थायी राजधानीका नाम घोषणा भएका छन् । राष्ट्रियसभाको चुनावको प्रक्रिया सुरु भएको छ । सम्भवतः यसै महिनाको अन्त्य वा फागुनको पहिलो सातासम्म नयाँ सरकार बन्नेछ, केन्द्रीय तहमा । संघीय र प्रदेशसभा चुनावमा भएको वामपन्थी गठनबन्धन र यसले प्राप्त गरेको बहुमतको बल सरकार बनाउन र मुलुकलाई स्थायित्व दिन कार्यान्वयन हुनसक्यो भने त्यो ठूलो आधार बन्नेछ संघीय गणतन्त्रको।

राजनीतिको दलदलमा राष्ट्रपति

शुक्रबार, १४ पुष २०७४

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल २०४८ सालको संसदीय चुनावपछि गठित राष्ट्रियसभा सदस्य थिए । त्यहाँ २०४८ मा पहिलो दुई वर्ष र दोस्रो पटक २०५० मा दोहो¥याएर उनी लामो समयसम्म प्रमुख प्रतिपक्षी नेताको हैसियतमा रहे । २०५६ को संसदीय निर्वाचनमा उनी रौतहटबाट निर्वाचित भए र प्रतिनिधिसभामा पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहे ।

सत्तावाद जिन्दावाद !

आइतबार, ०२ पुष २०७४

माओवादी, एकीकृत माओवादी हुँदै माओवादी केन्द्रको चर्चा छ, राजनीतिक वृत्तमा । यो पार्टी आउँदा दिनमा कसरी रहने हो ? एमालेमा विलय हुने हो वा बेग्ग्लै अस्तित्व राख्ने हो ? प्रश्नहरू मुखरित भएका छन् । माओवादीमा ‘जनयुद्ध’ होमिनेहरूको ठूलो संख्या छ र यसमा जनमोर्चा नेपालको सार्वजनिक परिचय राख्ने एकता केन्द्रका नेताहरू पनि छन् ।

पञ्चकन्याका आधार पुरुष

शुक्रबार, १५ मङि्सर २०७४

यतिबेला प्रेमबहादुर श्रेष्ठलाई सडक बीचमा उभ्याइदिने हो भने कसैले पनि चिन्दैन तर पञ्चकन्या गु्रपका अध्यक्ष भन्यो भने तलदेखि माथिसम्म हेर्छन् । किन त ? कुरा स्पष्ट छ, कम्पनीले ७० वर्षको दौरानमा जुन उचाइ हासिल गरेको छ, त्यो उचाइ जति विष्मयकारी छ उति नै रोचक पनि । कम्पनी अध्यक्षका हैसियतमा पाटन कृष्णगल्लीस्थित ग्रुपको कर्पोरेट अफिसमा उनी प्रत्येक दिन आउँछन् । सामान्य जानकारी, सोधीखोजीपछि साँझपख घर झम्सिखेल फर्कन्छन् । ८७ वर्षमा पनि कर्मशील श्रेष्ठको जीवनमा अनेक रोचक मोड छन् । इलामबाट करिव ७० वर्षअघि सुरु भएको व्यापारिक यात्रा झापा, काठमाडौँ हुँदै पश्चिमको रुपन्देहीमा उद्यम स्थापना भएपछि पनि रोकिएको छैन, अझ अगाडि बढिरहेको छ ।

चुनावी चहलपहल

शुक्रबार, ०१ मङि्सर २०७४

राजनीति भनको झुटको खेती हो ? राजनीति भनेको जनतामा भ्रम छर्ने उद्यम हो ? राजनीति भनेको आश्वासन बाँड्ने उद्योग हो ? हो, भने ठीकै छ नेपालका राजनीतिक दल र नेता त्यस्तै गर्दैछन् । होइन, राजनीति भनेको सबै नीतिहरूको राजा हो, राजनीतिले आर्थिक, सामाजिक नीति बनाउने र मुलुकमा स्थिति बनाउने हो भने दलहरूका घोषणापत्रले त्यस्तो सन्देश दिँदैनन् । घोषणापत्रहरूले झुटको खेतीपाती गरिरहेका छन् । ती पढ्दा र नेताहरूले जनताको नाममा गरेका भाषणहरू श्रवण गर्दा अनुभव हुन्छ नेताहरू मुलुकको यथार्थ धरातलमा उभिएका छैनन् ।

जसले सहिद गेट बनाए...

मङ्गलबार, २१ कार्तिक २०७४

घरको बैठक कक्षमा पस्नासाथ यो कुनै चित्रकारको घर हो भन्ने अनुभव हुन्छ । जताततै क्यानभास, विस्तारित कक्षको एउटा रङका बट्टाहरू र कूची । ठूलो बैठक कक्षका भित्तामा क्याभास अनि स्टिलका दराजहरूमा नक्साको खात छ, धर्मग्रन्थ, दर्शनका किताबहरू छन् । यिनै कृतिहरूबीच ८० वसन्त पार गरिसकेको एउटा व्यक्तित्व छ । बाहिरी दुनियाँमा खास गरेर नेपालको मुर्धन्य आर्टिटेक्ट इन्जिनियर भनेर कहलिएको व्यक्तित्व जसको औपचारिक अध्ययन सिभिल इन्जिनियरिङ हो, युवा अवस्था जागिरको क्रममा लैनसिंह वाङदेलको प्रेरणा र संगतबाट स्वअध्ययनबाट जागेको चित्रकारको व्यक्तित्व । उनैलाई प्रश्न गरियो, तपाईं खासमा के हो, इन्जिनियर, शिल्प कलाकार (आर्टिटेक्ट) वा चित्रकार ? उत्तर यस्तो थियो, ‘मेरो हजुरबुबाले मलाई दिनु भएको नाम शंकरनाथ रिमाल हो, म त्यही हो । खासमा एउटा पात्र हुँ म ।’ आफूलाई शंकरनाथ एउटा पात्रको रूपमा अथ्र्याउन खोज्ने शंकरका लीला भने थुप्रै छन् ।

सेवा क्षेत्रमा ठूलो सम्भावना छ

सोमबार, २० कार्तिक २०७४

नेपालको पुरानो र प्रसिद्ध व्यापारिक घराना ज्योति गु्रपका अगुवा सदस्य हुन्, डा.रूप ज्योति । हिमाल आयरन, हिमाल अक्सिजन, भाजुरत्न फर्मा जस्ता कहलिएका ब्रान्डका सञ्चालक ज्योति पछिल्लो समय हस्पिटल सञ्चालनमा जोडदार रूपले आएका छन् । त्यस्तै औषधि उद्योगका लागि जग तयार गर्दैछन् । भारतको मुम्बई स्थित आइआइटीबाट केमिकल इन्जिनियरिङ्ग गरेका रुप ज्योति अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट पिएचडी हुन् । ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटलका अध्यक्ष एवं विपश्यना ध्यान केन्द्रका प्रशिक्षक रुप ज्योतिले नेपालको उदार अर्थतन्त्रको नियन्त्रणवादी नीतिको खुलेर टिप्पणी गरे ।

चुनावी तालमेलको रौनक

बिहिबार, १६ कार्तिक २०७४

‘राजनीतिमा जे जस्तो पनि सम्भव हुन्छ ?’ सामान्य जस्तो लाग्ने यो प्रश्नको उत्तर दिन सहज छैन । किनभने राजनीति राजनीति जस्तो चल्दैन, चलाइँदैन । राजनीतिका सिद्धान्त र दर्शन मुलुकको सामाजिक, राजनीतिक, भूराजनीतिक अवस्थितिअनुसार अनुमोदन हुनुपर्छ, अर्थात् जनताले स्वीकारेको हुनुपर्छ । त्यसबेला भने जे पनि सम्भव हुन्छ, तिनै असम्भवलाई सम्भव बनाउने खेलो हुँदै छ यसबेला ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।