"

अमृत भादगाउँले

सुन्दर सुदूर–पश्चिम (फाेटाे फिचर)

शनिबार, ०२ असार २०७५

मनको शान्ति खोज्नेका लागि खप्तड प्रकृतिको अनमोल उपहार हो । त्यहाँ पुग्दा तन र मन दुवैमा ऊर्जा भरिन्छ । त्यहाँ योग र ध्यान गर्ने वातावरण छ । निलो आकाशमुनि बसेर ध्यान गर्दा आनन्द मिल्छ ।  त्यही पवित्र भूमिमा खप्तड बाबाले ५० वर्ष साधना गरेका थिए ।

बाजा जोगाउँदै तन्नेरी

शुक्रबार, ०१ असार २०७५

आफ्नो संस्कृति सबैलाई प्यारो हुन्छ । त्यही परम्परागत संस्कृति संरक्षणमा जुटेका छन्, सूर्यविनायक नगरपालिका–१, पकाण्डोलका युवा रमेश मानन्धर । उनको समूह संस्कृति संरक्षणसँगै बाजाबाट आम्दानी समेत गर्न थालेको छ।

खप्तड काव्य यात्रा

शनिबार, २६ जेठ २०७५

झम्के साँझ छिप्पिँदै जाँदा मुग्लिङ पुगिसकेका थियौं हामी । मुग्लिङ–नारायणगढ सडक खण्ड बिस्तारको कामले केहीबेर अल्झायो । गण्डक प्रदेशका साथीहरु दिउसैदेखि मुग्लिङमा कुरिबसेका थिए । त्यहाँबाट साथीहरु गनेस पौडेल, अमृत सुवेदी र तारानाथ पहारी थपिए हाम्रो बसमा।

पियानोका गुरुबा

शनिबार, २६ जेठ २०७५

पियानोवादक उपेन्द्रलाल सिंहले भर्खरै संगीतका विद्यार्थीलाई एउटा सुन्दर उपहार पस्केका छन्– ‘नोटेसन बुक’ । त्यसमा नेपाली र नेवारी भाषाका २० गीत राखिएको छ । त्यही नोटेसनका आधारमा अब पारखीहरू संगीतमा डुबुल्की मार्न सक्छन्।

पुख्र्यौली कलाकार समूह

शनिबार, ०५ जेठ २०७५

अविनाश पुन कक्षा ८ का विद्यार्थी हुन् । उनको घर पश्चिम नेपालको पर्वत जिल्लामा पर्छ। उनको गाउँ कुवापानी हो । पढाइ बाहेक नाच्नु, गाउनु र खेल्नु उनको सौख।

शुभ यात्रा

शनिबार, ०५ जेठ २०७५

मुलतः पश्चिम नेपालमा बसोबास गर्दै आएको पुन समुदायका कुल देवता हुन् करबाकेली बाबा । तिनै बाबाको राष्ट्रियस्तरको थान म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडामा छ।

गुराँसेको निम्तो

शनिबार, २२ बैशाख २०७५

मिठो खाना पाइने भएकैले पनि मुलुकका कतिपय ठाउँ चर्चित छन् । त्यस्तै एउटा सुन्दर गन्तव्य हो– गुराँसे । सुर्खेतबाट रारा, पञ्चकोशी वा जुम्ला उकालो लाग्नेहरु गुराँसेमा रोकिन्छन् । त्यस्तै मास्तिरबाट औल झर्नेहरु पनि गुराँसेको स्वादमा भुलिन्छन् । त्यहाँ खानपिन गरेर गन्तव्यतिर सोझिन्छन्।

दधिकोटको सन्देश

शनिबार, १५ बैशाख २०७५

वैशाख १ गतेका दिन सधैं आफ्नै जन्मथलोमा भइयोस् जस्तो लाग्छ मलाई । तर सधैं चाहे जस्तो हुँदैन, कहिले कता पुगिन्छ, कहिले कता।

गन्तव्य फूलबारी

शनिबार, ०८ बैशाख २०७५

रंगविरंगका फूलहरु फूल्ने प्राकृतिक बगैंचा भएकाले म्याग्दीको एउटा खर्कको नाउँ नै फूलबारी राखिएको छ। यतिबेला त्यहाँ लालीगुराँस र मार्कु फूलको बैंश देख्न पाइन्छ। फूलैफूलको उज्यालोमा आँखा शितल बन्छ भने मन प्रफूल्ल।

रारामा होटलवालाको ‘ब्रह्मलुट’

शनिबार, ०१ बैशाख २०७५

राजनीतिक शक्तिको आड र रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको मिलेमतोमा रारातालमा होटल व्यवसायीले ‘ब्रह्मलुट’ मच्चाएका छन्। ताल किनारमा दलका नेताले निकुञ्जलाई कौडीको मूल्य भाडा तिरेर दुई होटल सञ्चालन गर्दै आएका छन्।

गर्मीमा घुम्ने ठाउँ

शनिबार, २४ चैत २०७४

गर्मी याममा शितल वातावरणमा रमाउन भेडेटार उपयुक्त हुन्छ। सुनसरी र धनकुटा सीमाको भेडेटार (१,४२० मिटर) मा रम्नका लागि धेरै चिज छन्। आरामदायी बास र खानाका लागि होटल तथा रेष्टुँराको दुःख छैन।

कमरेड जय नेपाल!

शनिबार, १० चैत २०७४

नेपाली समाजमा कसैले ‘जय नेपाल!’ भन्यो भने त्यसलाई कांग्रेसी ठान्ने मनोविज्ञान छ। हुन पनि कांग्रेसका नेता÷कार्यकर्ता भेट हुनेबित्तिकै भनिहाल्छन्–जय नेपाल! उनीहरू भाषणको बिट पनि तिनै दुई शब्दबाट मार्छन्।

ग्रामीण पर्यटनको सुवास

शनिबार, १९ फागुन २०७४

मुलुककै जेठो राजमार्ग ‘त्रिभुवन राजमार्ग’ मुन्तिर टिष्टुङमा बज्रबाराही मन्दिर नजिकै सडक माथि सबैका आँखा पर्छन । भित्तापट्टि एकनासका घर छन् । ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायले छाना । यो सुन्दर गाउँ हो– कुन्छाल।  थाहा नगरपालिका– १, मकवानपुरमा अबस्थित कुन्छालमा २५० घर छन् । सबै घर गोपालीका । गोपाली काठमाडौं उपत्यकाका पुराना बासिन्दा । उनीहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन्।

मुन्दुम ट्रेल (फोटो फिचर)

बिहिबार, १० फागुन २०७४

हामीलाई प्रकृतिले विछट्टै माया गरेकी छिन्–संसारकै छानो सगरमाथा हाम्रै देशमा दिएर । त्यति मात्र होइन, पृथ्वीमा उभिएका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा हिमाल पनि हाम्रै भुगोलमा छन् । त्यसैले त विदेशीहरु नेपाललाई हिमालयको देश भन्छन् ।

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

मङ्गलबार, ०८ फागुन २०७४

पूर्वको रमणीय डाँडा टेम्के आफैंमा विशाल टावर हो । त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले त्यो बीचमै रोकिएको छ।

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

सोमबार, २९ माघ २०७४

पूर्वको रमणिय डाँडा टेम्के आफैंमा विशाल टावर हो। त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले टावर निर्माण अभियान बीचमै अलपत्र परेको छ ।

अग्लो हनुमान मूर्तिले खिच्दैछ धेरैको ध्यान

सोमबार, २९ माघ २०७४

भक्तपुरस्थित दधिकोट क्षेत्रमा एउटै ढुंगामा बनाइएको १६ फिट अग्लो हनुमान मूर्ति हेर्ने तथा पूजा गर्नेको चहलपहल बढ्दै गएको छ । मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गर्छ ।

हलेसी हुँदै रुपाकोट

शनिबार, २७ माघ २०७४

पछिल्ला केही वर्षदेखि बर्सेनी लाखौं नेपालीले हलेसी दर्शन गर्न थालेका छन् । मोटर बाटो जोडिएसँगै पूर्वको पवित्र भूमीमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । केही समय अघि जयरामघाटमा पक्कि पुल बनेकाले यात्रा झन् सहज भएको छ । हलेसीधाम त्रिधार्मिक संगम मानिन्छ । हिन्दुका भगवान शिव लुकेको ठाउँ, बौद्धमार्गीका गुरु पद्मसंभवले सिद्धि प्राप्त गरेको भूमी र किराती सभ्यतासँग जोडिएको ठाउँ भएकाले साझा तीर्थका रुपमा यसको महिमा ठूलो छ । तिर्थालु आ–आफ्ना आस्था र विश्वास अनुसार त्यसमा श्रद्धा दर्शाउँछन्।

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल

मङ्गलबार, २३ माघ २०७४

वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले मुन्दुम पदमार्ग एक्सप्लोर गरिएको छ । काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो ।

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल’

सोमबार, २२ माघ २०७४

पूर्वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्धेश्यले मुन्दुम पदमार्ग सुरु गरिएको छ। काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।