"

सुरेन्द्र पौडेल

सहकार्यमा ओलीका ६ सूत्र

बुधबार, ०६ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्।

राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द

सोमबार, २८ जेठ २०७५

सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।

दातासँग सम्झौता गर्दा परराष्ट्रको उपस्थिती अनिवार्य

शनिबार, २६ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायता प्राप्त गर्ने सिलसिलामा दातासँग गरिने वार्ता तथा सम्झौता प्रक्रियामा परराष्ट्र मन्त्रालयको अनिवार्य प्रतिनिधित्व गराउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयले दातासँग जथाभाबी सम्झौता गरेपछि केही दिनअघि बसेको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्रीले परराष्ट्रको उपस्थितिबिना कुनै दातासँग वार्ता तथा सम्झौता नगर्न निर्देशन दिएका हुन्।

दातृराष्ट्रको २५ अर्ब आइएनजिओमार्फत

बिहिबार, २४ जेठ २०७५

विदेशी शक्ति राष्ट्रहरुले नेपालमा घुमाउरो शैलीबाट गर्दै आएको खर्च रकम वार्षिक करिब २५ अर्ब रुपैयाँ पुगेको छ । सरकारले प्रत्यक्ष रूपमा लगानी गर्ने अनुमति नदिए पनि विभिन्न मुलुकले आफ्नो स्वार्थमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत उक्त रकम खर्च गर्दै आएका हुन् ।

प्रत्यक्ष वैदेशिक लगानी ५० अर्ब

सोमबार, २१ जेठ २०७५

बिभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले आउँदो आर्थिक वर्ष नेपालका विभिन्न परियोजनालाई करिब ५० अर्ब रुपैयाँ प्रत्यक्ष उपलब्ध (भुक्तानी) गराउने भएका छन्। प्राविधिक तथा वैदेशिक सहायताको नाममा उनीहरुले १८ वटा सरकारी निकायहरुमा सञ्चालित ३ सय ३९ परियोजना÷कार्यक्रमलाई उक्त रकम प्रत्यक्ष भुक्तानी दिनेछन्। भारतले साना अनुदान कार्यक्रम मार्फत गर्ने प्रत्यक्ष लगानी यसमा जोडिएको छैन।

कर्मचारीको विदेश भ्रमणमा थप कडाइ

शुक्रबार, ११ जेठ २०७५

सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको छ। अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

बिहिबार, ०३ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

सङ्लिन नसकेको समय

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी पहिलो पटक २०७१ साउन १८ गते नेपाल आएका थिए। उनको पहिलो नेपाल भ्रमण यस्तो बेलामा भयो जतिबेला भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीले नेपाल आउन लगभग बिर्सिसकेका थिए। मोदी १७ वर्षपछि नेपाल आउने पहिलो भारतीय प्रधानमन्त्री बने।

भारतीय प्रधानमन्त्री मोदी आज आउँदै

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार जनकपुर हुँदै काठमाडौं आउँदैछन् । मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनले सन् २०१४ को अगस्ट र नोभेम्बरमा प्रधानमन्त्रीका रूपमा दुईपटक नेपाल भ्रमण गरेका थिए।

साना परियाेजनामा भारतीय दूतावासकाे सीधै लगानी

बिहिबार, २० बैशाख २०७५

सरकारले सुटुक्क काठमाडौंस्थित भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न अनुमति दिएको छ । अघिल्लो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतीय दूतावासलाई दिंदै आइएको उक्त सुविधालाई नविकरण नगर्ने निर्णय लिएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न दिन सहमति जनाएको हो ।

राज्यलाई व्यर्थै व्ययभार

शनिबार, ०१ बैशाख २०७५

गत आर्थिक वर्षमा जनसंख्या तथा वातावरण मन्त्रालयका अधिकृतदेखि सचिवसम्मका ४२ कर्मचारीले ६९ पटक ३७ राष्ट्रको भ्रमण गरे। एक वर्षमा ३ सय ६५ दिन हुन्छ तर अवलोकन, अध्ययन, सेमिनार, वर्कसप, बैठक आदिका नाममा सो मन्त्रालयका ४२ कर्मचारीले आर्थिक वर्ष २०७३/७४ मा विदेश भ्रमणमा बिताएको कुल दिन जोड्दा ४ सय ४५ पुग्छ।

नेपाल नयाँ युगमा : मोदी

आइतबार, २५ चैत २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

होलान् त पुराना सन्धि कार्यान्वयन

शुक्रबार, २३ चैत २०७४

नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो– केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन्।

अनुमतिबिना नै राष्ट्रसंघले गर्‍याे राजनीतिक सर्वेक्षण

शुक्रबार, १६ चैत २०७४

संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग अनुमति नलिई संघीयता, पहिचान, जातीयताजस्ता राजनीतिसँग प्रत्यक्ष जोडिने अतिसंवेदनशील विषयमा विस्तृत अनुसन्धान गरिरहेको खुलेको छ। राष्ट्रसंघको नेपालस्थित कार्यालयले ‘प्रोसपेक्टिभ पोलिटिकल सिनारियो एनालाइसिस एक्ससाइज इन नेपाल’ (नेपालमा सम्भावित राजनीतिक परिदृश्यको विश्लेषण) शीर्षकमा अनुसन्धान गरिरहेको पाइएको हो।

सरकारी सुविधा दुरुपयोग गर्नेमाथि कारबाही

शुक्रबार, ०९ चैत २०७४

गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढाएको हो।

वर्षभरिको खर्च ६ महिनामै सकियो

सोमबार, २८ फागुन २०७४

सरकारले चालू आवका लागि कर्मचारी विदेश भ्रमण खर्च शीर्षकमा छुट्याएको १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ ६ महिनामै सकिएर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ खर्च भइसकेको छ ।

वर्षभरिको खर्च ६ महिनामै सकियो

सोमबार, २८ फागुन २०७४

सरकारले चालू आवका लागि कर्मचारी विदेश भ्रमण खर्च शीर्षकमा छुट्याएको १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ ६ महिनामै सकिएर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ खर्च भइसकेको छ ।

वैदेशिक सहायतामा ३८ प्रतिशतले गिरावट

शुक्रबार, २५ फागुन २०७४

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले कुल ९४ अर्ब १८ करोड २० लाख बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ प्रतिबद्धता प्राप्त भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीको अर्थपूर्ण भ्रमण

शनिबार, १९ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार काठमाडौं आउन लागेका हुन् ।

सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट हराए

बिहिबार, १७ फागुन २०७४

मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २ सय २७ पासपोर्ट हराएका छन् । यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो, हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुनसक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकून भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’ लाई गराएको छ।