"
प्रकाश तिमल्सिना

प्रकाश तिमल्सिना

सभामुख र अध्यक्षको त्रुटि सरकारले सच्याइदियो

शनिबार, ०२ असार २०७५

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानविपरीत बोलाएको दुवै सदनको संयुक्त बैठकको निर्णयलाई सरकारले सच्याइदिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकको आह्वानका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरी सभामुख र अध्यक्षले संविधानविपरीत गरेको त्रुटि सच्याइदिएको हो।

सातै प्रदेशमा प्रशासकीय अदालत

शुक्रबार, ०१ असार २०७५

कर्मचारी सरुवा, बढुवा तथा विभागीय कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतमा परेका मुद्दाको चाप कम गर्ने उद्देश्यसहित ७ वटै प्रदेशमा प्रशासकीय अदालत गठन गरिने भएको छ। निजामती सेवा, नेपाल स्वाथ्य सेवा, संसदीय सेवाको क्षेत्रमा सीमित रहँदै आएको प्रशासकीय अदालतको क्षेत्राधिकार पनि बढाउने गरी सरकारले तयारी सुरु गरेको छ । प्रशासकीय अदालत उच्च अदालतसरह मानिन्छ।

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

मङ्गलबार, २९ जेठ २०७५

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो।

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

सोमबार, २८ जेठ २०७५

दुईवटा नागरिकता लिई किर्ते गरेको पुष्टी भएपछि समाज कल्याण परिषदका कायम मुकायम निर्देशक शिवबहादुर बस्नेत माथीको कारवाही प्रक्रिया अघि बढाइएको छ ।

राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

शुक्रबार, २५ जेठ २०७५

संविधानले महाभियोग लाग्ने बित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन्। फौजदारी अभियोग लाग्दा समेत सांसद पद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली शुक्रबारको संसद् बैठकले पारित गरेको छ। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबाहेक सबै सांसदको सहमतिमा नियमावली पारित भएको हो।

कालिमाटी बजारमा अनियमिता गर्नेमाथि कारबाही

शुक्रबार, २५ जेठ २०७५

मासिक ८ हजार मात्रै राजश्व बुझाएर कालिमाटी तरकारी बजारको स्टल २ लाखसम्म बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार हाताभित्रका ४ सय २५ व्यावसायीमध्ये ३ सय ३८ व्यापारीले निकै सस्तोमा भाडामा लिएका पसल महंगोमा बेच्दै आएको खुलेलगत्तै कारबाही गर्न लागिएको हो।

सबै स्थानीय तहमा नमुना उद्यान

मङ्गलबार, २२ जेठ २०७५

मुलुकका सबै ७ सय ५३ स्थानीय तहमा कम्तीमा एउटा नमुना उद्यान अनिवार्य बनाउनुपर्ने अभियान सुरुवात गरिने भएको छ। वातावरण दिवसका अवसरमा सरकार ‘नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५’ को औपचारिक सुरुवात गर्ने क्रममा सबै स्थानीय तहले १ वर्षभित्र कम्तीमा एउटा नमुना उद्यान बनाउने अभियान सुरु गर्न लागेको हो।

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना

आइतबार, २० जेठ २०७५

आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाइका साथ लागू गर्ने भएको छ। जसको घर अगाडि फोहोर फालिएको छ, उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ। तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवासुविधाबाट वञ्चित गरिनेछ।

केन्द्र र प्रदेश सरकार परिपूरक : अर्थमन्त्री

शनिबार, १९ जेठ २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय सरकार र प्रदेश सरकार एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक संस्था भएकाले सोही अनुसार बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘संघ र प्रदेशलाई यहाँ प्रतिस्पर्धीका रुपमा हेरियो, खासमा प्रदेश र संघ एकअर्काका परिपूरक हुन्, प्रतिस्पर्धी होइनन्,’ अर्थमन्त्री खतिवडाले भने, ‘पहिलोपटक प्रदेशलाई बजेट छुट्याएर अभ्यास गरौं, अब अर्को आर्थिक वर्षमा थप छुट्याउँछौं।’ उनका अनुसार संविधानमा उल्लेख भएको संघ र प्रदेशको अधिकार र दायित्वलाई आधार मानेर बजेट विनियोजन गरिएको हो।

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

बिहिबार, १७ जेठ २०७५

ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।

सयदिने उपलब्धि : मितव्ययी नीति

मङ्गलबार, १५ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक क्षेत्रमा हुने अनावश्यक खर्च कटौती र मितव्ययी नीतिका कारण मुलुकमा बर्सेनि १५ अर्ब रुपैयाँ बचत हुने बताएका छन्। उनले अनावश्यक विदेश भ्रमणमा रोक, सार्वजनिक क्षेत्रमा हुने खर्च कटौती र मितव्ययी नीति लागू गरिँदा यति रकम बचत हुने उनले बताएका हुन्।

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

शनिबार, १२ जेठ २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका दलले नीति तथा कार्यक्रमलाई हावादारी, सपनामात्रै बाँड्ने र नयाँ कार्यक्रमविहीन भनेर चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलका सांसदहरूले शुक्रबार यस्तो दाबी गरेका हुन्।

विकास र समृद्धि यात्रामा शुभ संकेत

शनिबार, १२ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन अर्थात् मधुमास पूरा गरेको छ । यस अवधिमा सरकारले गरेका काम हेर्दा राजनीतिक स्थायित्व, विकास र समृद्धितर्फको प्रारम्भिक यात्रामा शुभ संकेत देखिएको छ ।

समावेशी सिद्धान्तविपरीत

बुधबार, ०९ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ। पार्टीले मंगलबार अपराह्न सार्वजनिक गरेको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा कानुनअनुसार महिलाको प्रतिनिधित्व भएको छैन।

‘समृद्धिको आधार वर्ष सुरु’

मङ्गलबार, ०८ जेठ २०७५

सरकारले आर्थिक वर्ष २०७५/७६ लाई ‘समृद्धिको आधार वर्ष’ घोषणा गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले बढीजसो पुराना कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रमसहित नीति तथा कार्यक्रम तयार पारेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन्।

एमाले नाफामा, माओवादी ऋणमा

सोमबार, ०७ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ।

नेपाल कम्युनिस्ट पार्टीकाे राज्य संयन्त्रमा पनि दरिलो पकड

शनिबार, ०५ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ।

चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

बुधबार, ०२ जेठ २०७५

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनिया पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो।

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

मङ्गलबार, ०१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीमण्डलका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित कानुन र परम्पराको उलंघन गरेका छन् ।

नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

सोमबार, ३१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।