"
मणि दाहाल

मणि दाहाल

दुई सातामै नेकपाको नाम परिवर्तन

बुधबार, १६ जेठ २०७५

गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

आइतबार, ०६ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिहीबार सम्पन्न एकतामा विष्णु पौडेलको महत्वपूर्ण भूमिका रह्यो । जसको पुरस्कार पनि उनले महासचिवको जिम्मेवारीसँग प्राप्त गरेका छन् । संगठनभित्र राम्रो पडक रहेका पौडेल अन्तर्मुखी स्वभावको नेताकारूपमा चिनिन्छन् । पौडेलसँग पार्टी एकतापछिको पार्टीको अन्तरिक राजनीतिबारे मणि दाहालले गरेको कुराकानीको सम्पादित अंशः

आधा शताब्दीपछिको मिलन

शुक्रबार, ०४ जेठ २०७५

एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ।

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

मङ्गलबार, ०१ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी अविश्वास बढ्दै जाँदा एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरूप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ।

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

आइतबार, ३० बैशाख २०७५

नेपाल र भारतका प्रधानमन्त्रीले उच्चस्तरको सहकार्य विस्तारका लागि सहमति हुन बाँकी रहेका सबै विषय असोज मध्यसम्ममा टुंगोमा पु-याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा सहमति हुन बाँकी विषयमा भने केही उल्लेख छैन।

मार्क्सवादको नेपाल साइनो

शनिबार, २२ बैशाख २०७५

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

निर्णायक वार्ता आज

मङ्गलबार, ०४ बैशाख २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ।

एकता अलमलमा

सोमबार, ०३ बैशाख २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महŒवपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो।

एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

बिहिबार, २९ चैत २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

भागबन्डामा अल्झियो एकता प्रक्रिया

सोमबार, १९ चैत २०७४

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् लेनिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ।

चीनमा हट्दा नेपालमा पनि रहेन

शनिबार, १७ चैत २०७४

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्।

उमेर हद हटाउन प्रस्ताव

बिहिबार, १५ चैत २०७४

एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन्।

पराजुलीका फैसलाले ६१ अर्ब गुम्यो !

बिहिबार, ०१ चैत २०७४

प्रधान्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र  फैसलाका कारण देशले ठूलो राजस्व गुमाएको छ । त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा व्यहोरेको हो।

एकतापछिको सांगठनिक स्वरुप

शुक्रबार, २५ फागुन २०७४

पार्टी एकीकरण प्रक्रियाका क्रममा एमाले र माओवादी केन्द्रको कार्यदलले राज्य पुनर्संरचनाअनुसार आठ तहको कार्यकारी कमिटीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । कार्यदलले केन्द्रीय कमिटीदेखि प्रारम्भिक कमिटीसम्मका आठ तहको कार्यकारी र निर्वाचन क्षेत्रका आधारमा समन्वय कमिटीको खाका तयार पारेको हो ।

एमाले दुई कित्तामा विभाजित

बिहिबार, २४ फागुन २०७४

राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नदोहोर्‍याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो।

प्रदेश सीमा हेरफेरमा कुरा मिलेन

बिहिबार, १७ फागुन २०७४

संविधान संशोधनका विषयवस्तुमा सत्तासीन वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब भएको छ । संविधान संशोधनलाई सत्तारोहणको सर्त बनाएको फोरमसँग वार्ता निष्कर्षमा पुग्न नसक्दा सरकारले पूर्णता पाउने अझै केही दिन लाग्ने देखिएको हो।

फोरमले अड्कायो सरकारको पूर्णता

बुधबार, १६ फागुन २०७४

‘सरकारमा सहभागिताबारे एमालेसँग छलफल चलिरहेको छ । हामीले संविधान संशोधनका विषयवस्तुबारे समेत सहमति गरेर सरकारमा जान चाहेका छौं ।’   सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, संघीय समावजादी फोरम

पहिलोपटक कम्युनिस्ट एकमना सरकार

बुधबार, ०९ फागुन २०७४

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कम्युनिस्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा हस्ताक्षर भइसकेको छ । अब दुई पार्टी एक भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।

अयान्ड्रोमेडा र आकाशगंगाको भार समान

सोमबार, ०७ फागुन २०७४

अस्ट्रेलियामा कार्यरत नेपाली खगोलशास्त्री डा. प्रज्वल काफ्लेले अयान्ड्रोमेडा (आकाशगंगा) को भार हामी रहँदै आएको आकाशगंगाको जति नै पत्ता लगाएका छन् ।यसअघि अयान्ड्रोमेडा हामी रहँदै आएको आकाशगंगाभन्दा २–३ गुणा ठूलो मानिँदै आएको थियो । काफ्लेको टोलीले दुई आकाशगंगाको भार समान रहेको मापन गरेको हो ।

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

आइतबार, ०६ फागुन २०७४

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।